images

आइतवार, बैशाख १६ गते २०८१

गोली हानी दुई महिला न्यायाधीशको हत्या

गोली हानी दुई महिला न्यायाधीशको हत्या

images
images
images
सोमवार, माघ ५ २०७७
सोमवार, माघ ५ २०७७
  • गोली हानी दुई महिला न्यायाधीशको हत्या

    काबुल। अफगानस्तानको राजधानी काबुलमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि गोली प्रहार गरि हत्या गरिएको छ। अफगानस्तानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहेको बेला उनिहरुको हत्या भएको हो। 

    images

    काबुल प्रहरीले उक्त आक्रमणको पुष्टी गरेको छ। शान्ति वार्ताकै अवधीमा पनि व्यक्ति हत्याको क्रम बढेकोमा सर्वत्र चिन्ता ब्यक्त गरिएको छ। पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्ति लक्षित आक्रमणहरु भइरहेका छन्। यी हत्याहरुले राजधानी काबुल सहित देशका प्रमुख शहर बजारमा त्रास फैलाएको छ। 

    अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरी २ हजार ५ सयमा सीमित गर्ने घोषणा गरेको दुई दिन नबित्दै पछिल्लो आक्रमण भएको छ। 

    दुई न्यायाधीश सरकारी सवारी साधनमा चढेर अदालत गइरहेको अवस्थामा आक्रमण भएको सर्वोच्च अदालतका प्रवक्ता अहमद फाहिम क्वाइमले संचार माध्यमलाइ जानकारी दिएका छन्। 

    प्रवक्ता क्वाइमका अनुसार अफगानिस्तानका उच्च अदालतमा २ सय भन्दा बढी महिला न्यायाधीशहरु कार्यरत छन्। फगानिस्तानको सर्वोच्च अदालतमा यसअघि सन् २०१७ को फेब्रुअरीमा पनि आक्रमण गरिएको थियो। उक्त आक्रमणबाट कम्तीमा २० जना मारिनुका साथै ४१ जना घाइते भएका थिए।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij