२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

लायन्स क्लब अफ सिद्धार्थनगर युथको अध्यक्षमा सन्दिपनाथ गोंगल

आइतवार , आषाढ १७, २०८०

भैरहवा, १७ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथको वर्ष २०२३/२४ का लागि अध्यक्षमा संन्दिपनाथ गोंगल चयन भएका छन् । शनिबार भैरहवामा सम्पन्न क्लबको सातौं वार्षिक साधारणसभा, अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष अनित कुमार गुप्ताले वर्ष २०२३/२४ का अध्यक्ष गोंगललाई पद हस्तान्तरण गरेका हुन् ।

क्लबको प्रथम उपाध्यक्षमा निकेश देव हटुवाल, द्वितीय उपाध्यक्षमा युवराज श्रेष्ठ, तृतीय उपाध्यक्षमा प्रशान्त श्रीवास्तव, सचिवमा हरि आचार्य र कोषाध्यक्षमा जुवेर खान चयन भएका छन् ।

त्यस्तै क्लब मेम्बरसीप चेयरपर्सनमा सन्देश शाक्य, एलसीआईएफ कोडिनेटरमा सुदिप पाण्डे, क्लब सर्भिस चेयरपर्सनमा जवाहिर अग्रहरी र क्लब मार्केटिङ चेयरपर्सनमा तरुण क्षेत्री रहेका छन् । त्यसै गरी क्लब सर्भिस चेयरपर्सनमा सचिन्द्र तुलाधर, डाइरेक्टरमा शिवु आले, सह–सचिवमा विशाल जैसवाल, सह–कोषाध्यक्षमा तेजबिर रसाइली, टेल ट्वीष्टरमा राजेश शर्मा पोख्रेल र टेमरमा मनिष दास चयन भएको निर्वाचन आयुक्त असिम सैंजुले बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०२२/२३ का अध्यक्ष अनित कुमार गुप्ताको अध्यक्षता, क्लबका संस्थापक अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का एडभाइजर अर्चित श्रेष्ठको प्रमुख आतिथ्यता, क्लबका पूर्व अध्यक्ष तथा एरिया–५ का एरिया को–चिफ धिरज कुमार मल्लिक, पूर्व अध्यक्ष प्रशान्तमणि रामदामको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संयोजन विशाल जैसवालले गरेका थिए ।