२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

लायन्स र लियो क्लबद्वारा रक्तदान

आइतवार , आषाढ १७, २०८०

बुटवल, १७ असार ।
लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ डायनामिक लेडिज, लायन्स क्लब बुटवल संसार, लायन्स क्लब अफ बुटवल साइन, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटी, लायन्स क्लब अफ बुुुुटवल फोलोरेन्स, लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट र लियो क्लब बुटवल स्टार्सको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । 

शनिबार देवीनगर लुम्बिनी वाणिज्य क्याम्पस बुटवल रक्त सञ्चारको प्राविधिक सहयोग रक्तदान गरिएको आयोजकले जनाएका छन् । नवनिर्वाचित अध्यक्ष रिन्कु लिगलले पहिलो दिनमा रक्तदान गरेर  सामाजिक कामको सुरुवात गरेका हुन । अब ९० दिनको अन्तरालमा रक्तदान गर्ने लिगलले बताए ।

रक्तदान कार्यक्रममा ८६ जनाले रक्तादान गरेका संयोजक नविन पन्थीले जानकारी दिए ।  कार्यक्रमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालका डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजुले लायन्स स्टार्सले नाम जस्तै काम पनि गरेको र विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै सेवा गरेकोमा प्रशंसा गरे । 
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का द्वितीय भाइस गभर्नर बालाराम भट्टराई, डिष्ट्रिक एलसीआईएफ कोडिनेटर तथा पूर्वअध्यक्ष सन्दिप कसौधन, सिनियर डिष्ट्रिक एडभाइजर तथा पूर्वअध्यक्ष आशिष कृष्ण श्रेष्ठ, डिष्ट्रिक चिफ तथा पूर्वअध्यक्ष एम.एल.पाण्डे लगायतले बोलेका थिए ।

त्यस्तै कार्यक्रममा लायन्स क्लब अफ डायनामिक लेडिजका अध्यक्ष प्रिया पाठक, लायन्स क्लब बुटवल संसारका अध्यक्ष राजु पौडेल, लायन्स क्लब अफ बुटवल साइनका अध्यक्ष गौरी न्यौपाने ,लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीका अध्यक्ष सागर शर्मा, लायन्स क्लब अफ बुुुुटवल फोलोरेन्स अध्यक्ष शान्ती भन्डारी, लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट अध्यक्ष विष्णु खनाल र लियो क्लब बुटवल स्टार्स अध्यक्ष अजय महतोलगायतले आफ्नो धारणा राखेका थिए ।