२०८३, आषाढ ६ गते

Jun 20 2026 | २०८३, आषाढ ६ गते

भूतपूर्व विद्यार्थी समाज पक्लिहवा माविको अध्यक्षमा भिम थापा

शनिवार , आषाढ १६, २०८०

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, १६ असार ।
    भूतपूर्व विद्यार्थी समाज श्री पक्लिहवा माध्यमिक विद्यालय सिद्धार्थनगर नगरपालिका–१, रुपन्देहीको तेस्रो अधिवेशन तथा साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । पक्लिहवा माविमा भएको अधिवेशनले भिम बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    समितिको उपाध्यक्षमा राजेन्द्र सिंह खड्का, दिलमाया थापा, महासचिवमा माधव शर्मा, सचिवमा गजेन्द्र कोहार, कोषाध्यक्षमा निता क्षेत्री र सह–कोषाध्यक्षमा रेखा थापा निर्वाचित भएका छन् ।

    त्यसै गरी सदस्यहरुमा मनिष श्रेष्ठ, पवन थापा, प्रविण धवल, दिपेन्द्र अधिकारी, संजय कुमार गुप्ता, वेचेन्द्र यादव र चन्दन राना रहेका छन् । त्यस्तै समितिको प्रमुख सल्लाहकारमा विद्यालयका भूतपूर्व विद्यार्थी तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक कुवेरसिंह राना रहेका छन् ।

    कार्यक्रममा बोल्ने वक्ताहरुले भूतपूर्व विद्यार्थी समाज गठनमा विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तित्वहरुको समावेशी प्रतिनिधित्व रहेकाले भोलिका दिनमा देश–विदेशमा रहेका पूर्व विद्यार्थीहरुबीच मजबुत सम्बन्ध स्थापित गर्न सफल रहने बताए । उनीहरुले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न टेवा समेत पुग्ने बताए ।

    भूतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष ओम प्रसाद पुनको सभापतित्व तथा पक्लिहवा मावि व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी याम बहादुर थापा, वडा सदस्य अनिल कुमार केसी, सन्तोष गुरुङ, अमर पुन, दिप गुरुङ्ग, विनोद कुमार, तेजेन्द्र गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो । 

    विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका पूर्व विद्यार्थी माधव शर्माले गरेका थिए ।