
शनिवार , आषाढ १६, २०८०
भैरहवा, १६ असार ।
अग्रहरी सेवा समाज रुपन्देहीको चौथो साधारणसभा तथा अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले त्रिभुवन अग्रहरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
समाजको उपाध्यक्षमा दयासागर अग्रहरी, सचिवमा श्री प्रसाद अग्रहरी, कोषाध्यक्षमा मधु अग्रहरी र सह–सचिवमा राजकुमार अग्रहरी निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा कृष्ण कुमार अग्रहरी, विभूति प्रसाद अग्रहरी, राजु अग्रहरी, भुवन प्रसाद अग्रहरी, श्यानू अग्रहरी र जनार्दन अग्रहरी निर्वाचित भएको निर्वाचन समिति संयोजक शिवप्रसाद अग्रहरीले जानकारी दिए । समितिको महिला सदस्यहरुमा मीरा देवी अग्रहरी, सुमित्रा देवी अग्रहरी र डाक्टर पारुल अग्रहरी निर्वाचित भएका छन् ।
साधारणसभामा बोल्दै पूर्व कानूनमन्त्री वृजेश कुमार गुप्ताले भाषण गरेर मात्र दाइजो प्रथा अन्त्य हुन नसक्ने बताए । उनले भने, ‘विवाह गर्ने व्यक्तिले नै भनेर सुरुवात गर्नुपर्छ कि म दाइजो लिन्न । ’ पूर्वमन्त्री अग्रहरीले अभिभावकले आफ्नो सन्तानलाई पैसा कमाउन र शिक्षा दिलाउन अग्रसर भए जस्तै संस्कार दिन आवश्यक रहेकोमा जोड दिए । उनले अग्रहरी समाजका सदस्यहरु व्यापार व्यवसायमा आबद्ध भए जस्तै अब राजनीतिमा पनि सक्रिय हुनुपर्ने बताए । एक अर्काको खुट्टा तानेर भन्दा पनि समाजका सदस्यहरुले एक अर्कालाई सहयोगको भावनामा अगाडी बढ्न उनले आग्रह गरे ।
अग्रहरी सेवा समाजका अध्यक्ष सियाराम अग्रहरीको अध्यक्षता तथा पूर्वमन्त्री वृजेश कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न चौथो साधारणसभामा अग्रहरी सेवा समाजका केन्द्रिय अध्यक्ष योगेन्द्र अग्रहरी, उद्योग वाणिज्य संघ नवलपरासी पश्चिमका अध्यक्ष ओमप्रकाश अग्रहरी, संस्थापक अध्यक्ष जोगेन्द्र अग्रहरी, भीम अस्पताल भैरहवाकी मेडिकल सुपरीटेण्डेण्ट डाक्टर शकुन्तला गुप्ता, प्राध्यापक बद्री विशाल गुप्तालगायतले बोलेका थिए ।
समाजका सचिव ओमप्रकाश अग्रहरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij