
बिहिवार , आषाढ १४, २०८०
भैरहवा, १४ असार ।
आस्था महिला उद्यमी संघ सिद्धार्थनगर नगरपालिका–९, रुपन्देहीको आयोजनामा बिहीबार भैरहवामा सातदिने चुरा–पोते बनाउने तालिम सुरु भएको छ । ‘सीप सिकौं आत्मनिर्भर बनौं, आफ्नो पहिचान आफै बनाऔं’ भन्ने नाराकासाथ उद्यमशीलताका लागि महिलाहरुको स्वरोजगार विकास तालिमअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपानेले बताइन् । सिद्धार्थनगरभित्र रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको न्यौपानेले बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले यस्ता तालिमले आत्मनिर्भर बन्न सहयोग गर्ने बताए । उनले सीपले स्वरोजगार बन्न सहयोग पुग्ने बताए ।
कार्यक्रम संयोजक पार्वती खनालको स्वागत, आस्था महिला उद्यमी संघकी उपाध्यक्ष माया खनालको धन्यवाद ज्ञापन तथा लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका १३ वटै वडाबाट गरी ७० जना महिलाको सहभागीता रहेको आयोजकले जनाएको छ । सिद्धार्थनगर–९ उदयपुरस्थित चेम्बर अफ कमर्सको भवनमा असार २० गतेसम्म सञ्चालन हुने तालिममा प्रशिक्षकद्वय विजया गिरी र माया गुरुङले सहजीकरण गर्नेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij