२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

रोटरी मणिग्रामको क्लब एसेम्बली सम्पन्न

बिहिवार , आषाढ १४, २०८०

भैरहवा, १४ असार ।
रोटरी क्लब अफ मणिग्रामको वर्ष २०२२/२३ को छैठौं तथा वर्ष २०२३/२४ को पहिलो संयुक्त क्लब एसेम्बली तथा २८६ औं नियमित बैठक योगिकुटीमा सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष दुर्गाप्रसाद अर्यालको अध्यक्षता तथा असिस्टेन्ट गभर्नर मोहनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको क्लब एसेम्बलीमा रोटरी बर्ष २०२२/२३ मा भएका कामहरुका बारेमा पाँचवटा कमिटीहरुले प्रतिवेदन पेश गरेका थिए । जसअनुसार प्रशासनिक कमिटी, जनसम्पर्क कमिटी, सदस्यता अभिवृद्धि कमिटी, टिआरएफ कमिटी र चेयरमेयन राजकुमार सुवेदी, अच्युत पन्त, कुलमणि ज्ञवाली, सागर पाण्डे र कृष्णप्रसाद बस्यालले पेश गरेका थिए ।

कार्यक्रममा रोटरी वर्ष २०२३/२४ का अध्यक्ष निर्मल बस्यालले वर्षभरी गरिने कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा रोटरी क्लब अफ मणिग्रामका सल्लाहकार लक्ष्मण ज्ञवाली, वर्ष २०२३/२४ का असिस्टेन्ट गभर्नर जमुना पौडेल, संस्थापक अध्यक्ष राजुदेवी खनाल, निवर्तमान अध्यक्ष केशवप्रसाद न्यौपाने, सचिव मिनप्रसाद भण्डारी, सर्जेट एट आम्र्स सागर पाठकलगायतले पनि मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा क्लबले यसवर्ष रोटरी अवार्ड प्राप्त गर्न सफल भएको र क्लबका संस्थापक अध्यक्ष राजुदेवी खनाल बेष्ट असिसटेण्ट गभर्नर अवार्डबाट सम्मानित भएकोमा खुसी साटासाट गरिएको थियो । 

क्लबका आगामी वर्षका अध्यक्ष निर्मल बस्यालले पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ स्थित सामूदायिक विद्यालयमा महिला शौचालय निर्माणाधिन रहेकोमा सो को प्रगति विवरणबारे जानकारी गराएका थिए ।