२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

चाडपर्वहरुको संरक्षण गर्नु सबैको साझा दायित्व : मन्त्री पाण्डेय

बिहिवार , आषाढ १४, २०८०

भैरहवा, १४ असार ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले चाडपर्वहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

इस्लाम धर्मावलम्बीहरुको महान पर्वको बकर इद (इद उल अजहा) को अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री पाण्डेयले बइर इद धार्मिक एवं साँस्कृतिक सम्पदा भएको बताए । यसले सामाजिक सदभाव र एकता अभिवृद्ध गर्ने उनले विश्वास गरेका छन् ।

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधितायुक्त हाम्रो समाजमा मनाइने चाडपर्वहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो, ’शुभकामना सन्देशमा उल्लेख छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले बकर इदका दिनमा इस्लाम धर्मालम्बीहरु बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढ्ने र आपसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन रहिआएको बताए ।