२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

साढे २ अर्ब लगानीमा भैरहवामा खुल्यो होटल सिद्धार्थ भिलासा

बिहिवार , आषाढ १४, २०८०

  • 15.8K
    Shares
  • 15.8K
    Shares
  • भैरहवा, १४ असार ।
    सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि.ले बिहीबारदेखि भैरहवामा पाँचतारे सञ्चालनमा ल्याएको छ । ग्रुपको लक्जरीयस ब्राण्डअन्तर्गत भैरहवास्थित अञ्चलपुरमा पाँचतारे होटल ‘सिद्धार्थ भिलासा’ सञ्चालनमा आएको हो ।

    सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि. का अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले होटलमा करिब साढे २ अर्ब लगानी रहेको बताए । उनले ४ विघा क्षेत्रफलमा निर्माण भएको होटलमा ८५ कोठा, लबि लौउन्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुरेण्ट तथा स्वीमिङ पुल, फिटनेस, जीम, स्पा, साउना र ज्याकुजीसहितको हेल्थ क्लब सेवा, लंग टेनिस कोर्ट, गार्डेन, पार्किङस्थलसहित ठूला सभाहल, ३ वटा सेमिनार हल र एउटा मिटिङ रुममा क्यासिनो सञ्चालन सुविधा रहेको बताए । 

    ‘हालै  सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको यस अत्याधुनिक तथा सुविधासम्पन्न होटलको नियमित सेवा सञ्चालनमा आउँदा, स्वदेशी तथा विदेशी अतिथिहरुको सेवाले सिंगो देशकै पर्यटन तथा आतिथ्य सेवामा टेवा पुर्याउन सक्ने विश्वास हामीले लिएका छौं, ’ अध्यक्ष न्यौपानेले भने ।

    ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण न्यौपानेले हाल पाँचतारे होटल सफ्ट लञ्च भएको आगामी असोजमा ग्राण्ड ओपेनिङसहित पूर्ण रुपमा सञ्चालनमा आउने बताए । 

    IMG_0590.JPG

    २५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टीकापुरमा ग्रामीणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.को यात्रा पाँचतारे होटलसम्म आइपुगेको हो । यस समूहले यसअघि पश्चिमदेखि पूर्वी नेपालसम्म निजी लगानी र व्यवस्थापन गरेर ३२ वटा शाखा सञ्चालनमा ल्याइसकेको छ । तिनमा कटेज, रेष्टुराँ, तीनतारे र चारतारेस्तरका रहेका छन् ।