२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

नयाँ वैचारिक आधारमा नयाँ सोंच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता : एमाले रुपन्देही

बिहिवार , आषाढ १४, २०८०

रुपन्देही, १४ असार ।
नेकपा (एमाले) रुपन्देहीले मुस्लिम समुदायको महान पर्व पर्व बकर इद् (ईद उल अजहा) को अवसरमा शुभकामना दिएको छ । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले आज एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा नेपाल भौगोलिक तथा साँस्कृतिक विविधताले भरिएको देश भएको र विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाडपर्व वा संस्कारको अस्तित्व, मान्यता एवं सम्मानको अवस्था नै साँस्कृतिक विविधता भएको उल्लेख छ । 

नेपालको संविधानमा नेपाल बहुसाँस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेख हुनुले पनि देशको बहुसाँस्कृतिक पक्षलाई आत्मसात गरेको प्रष्ट हुने उल्लेख गर्दै सन्देशमा समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधि लगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति भएको उल्लेख छ ।

पुरानो सोंच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोंच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता रहेको भन्दै सन्देशमा नेपाली जनताले समृद्ध मुलुक निर्माण गर्ने संकल्पका साथ आफ्नो अभिमत प्रकट गरेको उल्लेख छ ।

जनताको यही आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण भएको भन्दै शुभकामना सन्देशमा यसका पक्षमा दृढतापुर्वक अघि बढ्न आग्रह गर्दै बकर इद पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरिएको छ ।