
सोमवार , आषाढ ११, २०८०
भैरहवा, ११ असार ।
एमजी भेइकलको लागि नेपालको एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रा.लि. बाट भैरहवामा आधिकारिक डिलर थ्रि एच. एल. कम्पनी प्रा. लि. ले आफ्नो नयाँँ इलेक्ट्रिक भेरीयन्टको एसयुभि एमजी जेड एसयुभिको लागि विक्रीवितरण र बुकिङ खुल्ला गरेको छ ।
यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ । आधा घण्टामै ८० प्रतिशत चार्ज हुने यसको ब्याट्रिले सिङल चार्जमै ३२० किलोमिटरको वाइड रेन्ज प्रदान गर्ने पनि कम्पनीका प्रबन्ध निर्देशक थापाले जानकारी दिए । यस एसयुभिको ब्याट्री लाइफ भने ८ वर्षको रहेको उनले बताए ।
सुरक्षाको लागि यसमा ६ वटा एयरब्याग, इएसपी, इएबी, एचडीसी, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरञ्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डीएबी रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डी साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०÷४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको रहेको भन्दै थापाले नेपालको लागि इलेक्ट्रिक भेरीयन्टमा एमजी भेइकल सम्पुर्णको रोजाई को ब्राण्डको रुपमा एकछत्र मन जित्ने थापाले जानकारी दिए ।
कम्पनीले गत असार ८ गते शुक्रबार कार्यक्रमको आयोजना गरी भैरहवामा गाडीको लन्चिङ्ख गरिसकेको छ । उक्त दिन बुटवलका पदम खत्रीलाई कारको चाबी हस्तान्तरण गर्दै ४ वटा यसै सेगमेन्टका कारहरु बुकिङ्ग भएको छ । एसयुभिको डिलक्स भेरियन्ट्को मूल्य रु.५२ लाख ९९ हजार राखिएको छ । खरिद गर्न चाहने ग्राहकहरुले बुकिङ्ग गरी आवश्यक प्रक्रिया पूरा गरी डेलिभरी लिन सकिने थ्रि.एच.एल. कम्पनी प्रा.लि., भैरहवाले जनाएको छ । यस एसयुभीलाई १ लाख डिपोजिट तिरेर बुक गर्न सकिनेछ ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकाललगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij