२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

सञ्चारको बजेट समानुपातिक ढंगले खर्च गर्छौं : मुख्यमन्त्री चौधरी 

आइतवार , आषाढ १०, २०८०

बुटवल, १० असार । 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले सञ्चार माध्यमलाई विनियोजन भएको बजेट समानुपातिक ढंगले खर्च गर्ने प्रतिवद्धता व्यक्ति गरेका छन् । आगामी आर्थिक वर्षको लागि बिनियोजित बजेटमा निजी क्षेत्रबाट सञ्चालित मिडियालाई बजेट दिएको भन्दै विरोध तथा आलोचना हुन थालेपनि चौधरीले सञ्चार माध्यममा आएजस्तो छरप्रष्ठ बजेट खर्च नगर्ने प्रतिवद्धता ब्यक्त गरे ।

बुटवलमा आईतबार पत्रकारहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री चौधरीले प्रदेशभित्रका सबै मिडियालाई हेर्न दृष्टीकोण एउटै रहेको रहेको बताउँदै नीति तथा कार्यविधि बनाएर व्यवस्थित र समानुपातिक ढंगले सञ्चार मन्त्रालयमार्फत नै बजेट खर्च हुने बताए । 

बजेटमा दाङ केन्द्रीत मिडियालाई मात्रै बजेट बिनियोजन गरेको गुनासो आफूसमक्ष समेत आईरहेको बताउँदै मुख्यमन्त्री चौधरीले मिडियाको क्षेत्रमा छुट्टाइएको १२ करोड रकम समावेशी ढंगले बिनियोजन गरिने दोहोर्याए । उनले सांसदहरुले आफूले पाएको सिलिंङ अनुसार मिडियाको नाममा बजेट मागेको भए पनि त्यो पैसा खर्च गर्न नमिल्ने बताउँदै ती बजेटलाई एकमुष्ट बजेटमा समावेश गरी खर्च गर्ने बताए । 

‘मिडियामा जसरी दाङको मुख्यमन्त्री र अर्थमन्त्री भएकोले दाङमा बढी बजेट गएको छैन्, समान ढंगले वित।ण भएको छ ।’ उनले भने,‘सञ्चार क्षेत्रमा पनि एकमुष्ठ बजेट नै छ । एकल रुपमा आएका बजेट खर्च गर्न मिल्दैन, ती सबैलाई एउटै शिर्षकमा समावेश गरेर समानुपातिक ढंगले वितरण गर्नेछौं ।’ उनले लुम्बिनी प्रदेशलाई पर्यटकीय प्रदेश बनाउने योजना अन्तरगत लुम्बिनी प्रदेश सरकारको आयोजनामा नेपालमै पहिलोपटक लुम्बिनीमा ‘लिडर टु लोरेन्स’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । 

बुद्ध जन्मस्थल लुम्बिनीसहित बुद्ध सर्किट रहेको लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटक भित्र्याउनको कार्यक्रम महत्वपूर्ण हुने बताए । सन २०२४ जनवरी १५ मा हुने कार्यक्रममा झण्डै १ दर्जन नोवेल पुरस्कार विजेताहरु (लोरेन्स) र करिब १ दर्जन राष्ट्रका राष्ट्र प्रमुख कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए । उनले लुम्बिनी प्रदेश सरकार अहिले रोजगारी सिर्जनाको काममा लागिरहेको बताउँदै यो कार्यक्रमबाट पनि रोजगारी सिर्जना हुने गरी तयारी भइरहेको बताए । 

‘बुद्ध जन्मस्थल लुम्बिनी हामीसँग छ, यसलाई हामीले केन्द्रमा राखेर पर्यटकीय परिपथ बनाउँदा सबै क्षेत्रमा रोजगारी सिर्जना हुन्छ ।’ उनले भने,‘लिडर टु लोरेन्स’ कार्यक्रमले पनि रोजगारी सिर्जना गरोस् भन्ने हिसाबले हामीले तयारी थालिरहेका छौं ।’