
बिहिवार , माघ १, २०७७
दाङ १ गते। ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन्। तुलसीपुर उप–महानगरपालिका १७ वनकट्टामा बिहीबार बिहान ग्यास लिक भएर आगलागी भएर घाइते भएका हुन।
आगोलागीमा ४४ वर्षीय वसन्त वली र उनकी श्रीमती गीता वली गम्भीर घाइते भएका छन भने आगो ताप्न भनि आएका एक जना १३ वर्षिय सिजन खड्का पनि घाइते भएका छन।
ग्यास लिक भएर आगलागी हुँदा ब्रोइलर कुखुरा पालेको घर र कुखुरा पुर्ण रुपमा नष्ट भएको छ। ब्रोइलर कुखुराको चल्लालाई न्यानो बनाउने क्रममा लिक भएको ग्यासबाट आगलागी हुदाँ उनीहरु जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए।
गम्भीर घाइते २ श्रीमान श्रीमतिलाई तुलसीपुर स्थित राप्ती लाइफ केयरमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौं लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।
आगलागी बिहान करिव ४ बजे भएको थियो। आगो दमकलको सहयोगमा निभाइएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij