
आइतवार , आषाढ १०, २०८०
काठमाडौं, १० असार ।
आजबाट नागरिकता वितरण कार्य धमाधम हुने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतबारदेखि टोकन प्रणालीबाट वंशजको आधारमा नागरिकता वितरण गर्न लागेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हालै प्रमाणित नागरिकता विधेयकलाई सर्वोच्च अदालतले हालै सदर गरेपछि आजवाट नागरिकता वितरण हुन लागेको हो । त्यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij