
आइतवार , आषाढ १०, २०८०
भैरहवा, १० असार ।
नमुना एकीकृत विकास परिषद (नमुना), रुपन्देहीको आयोजना, नागरिक आवाज ललितपुरको सहयोग तथा सिद्धार्थनगर नगरपालिकाको समन्वयमा ‘सामुदायिक सुरक्षा जालो’ अन्तर्गत समुदाय तथा विद्यालयमा गरिने जलवायु परिवर्तन तथा विपद् पूर्वतयारी अभिमुखीकरण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित गोलीगढको आमा समूहको सहभागीतामा भानु माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
नमुना एकीकृत विकास परिषदकी अध्यक्ष सीता भट्टराईको अध्यक्षता तथा सिद्धार्थनगर–९ का वडाअध्यक्ष शेषकान्त भण्डारीकोे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य बसन्त प्रसाद भट्टराई, भानु माविका प्रधानाध्यापक मोतीलाल सुवेदी, आमा समूहकी अध्यक्ष तिल कुमारी क्षेत्रीलगायत आमा समूहका सदस्य, गोलीगढ टोल समितिका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन आमा समूहकी सचिव तथा वडा सदस्य बसुन्धरा शर्माले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सामुदायिक सुरक्षा जालोका कार्यक्रम अधिकृत राजेश जि.सी.ले गरेका थिए ।
सोही कार्यक्रममा नमुना एकीकृत विकास परिषद, रुपन्देहीको तर्फबाट आमा समूहलाई ३ थान डस्टबीन र सरसफाइका सामाग्री पनि हस्तान्तरण गरिएको अध्यक्ष सीता भट्टराईले बताइन् ।
नमुना एकीकृत विकास परिषद, रुपन्देहीले नागरिक आवाज ललितपुरको साझेदारीमा सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकामा सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तर्गतत विपन्न महिला लक्षित वर्गलाई केन्द्रमा राखेर विपद् पूर्वतयारी, मनोसामाजिक विमर्श सेवा तथा स्थानीय रेडियो एफएमबाट सचेतनाका कार्यक्रमहरु, समुदाय तथा विद्यालयमा जलवायु परिवर्तन तथा विपद पूर्वतयारी अभिमुखीकरण कार्यक्रमहरु, सामुदायिक सुरक्षा जालो गठन, त्यस जालोका महिला समूहलाई सीपमूलक तालिम, सामाना सशक्तिकरण तथा क्षमता अभिवृद्धिका तालिम र सहयोगका कार्यक्रमहरु गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij