२०८२, पौष १७ गते

Jan 01 2026 | २०८२, पौष १७ गते

वौद्धिक अपांगता भएकालाई स्टेशनरी, पोशाक र खाद्यान्न वितरण

शनिवार , आषाढ ९, २०८०

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, ९ असार ।
    लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपले वौद्धिक अपांगता भएका व्यक्तिहरुलाई स्टेशनरी, पोशाक र खाद्यान्न वितरण गरेको छ । क्लबले लुम्बिनी साँस्कृतिक नगरपालिका–८ स्थित श्री अधियारी माध्यमिक विद्यालय एकलामा रहेको वौद्धिक अपांगता अभिभावक संघको कार्यालयमा बुधबार एक कार्यक्रमकाबीच उक्त सामग्री वितरण गरेको अध्यक्ष कार्यक्रम संयोजक शारदा देवी रेग्मी कपूरले बताइन् ।

    क्लबकी अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षता, लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यता, नगरपालिकाकी शिक्षा अधिकृत लक्ष्मी पराजुली, क्लबकी गाइडलाइनर अनिता थापा, वौद्धिक अपांगता अभिभावक संघ, रुपन्देहीका अध्यक्ष बाबुराम केसीलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    क्लबकी सचिव पवित्रा पछाईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लबकी अध्यक्ष निर्मला श्रेष्ठले बताइन् ।