
बिहिवार , आषाढ ७, २०८०
काठमाडौं, ७ असार ।
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफनो पहिलो वार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा रास्वपाले वालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको जनाइएको छ । उक्त चियापान कार्यक्रममा पुर्व प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ । सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij