images
images

शनिवार, जेठ ५ गते २०८१

‘मानव बेचबिखन रोकथामका लागि एकताबद्ध भएर अघि बढ्न आवश्यक’

‘मानव बेचबिखन रोकथामका लागि एकताबद्ध भएर अघि बढ्न आवश्यक’

images
images
images
बुधवार, आषाढ ६ २०८०
बुधवार, आषाढ ६ २०८०
  • ‘मानव बेचबिखन रोकथामका लागि एकताबद्ध भएर अघि बढ्न आवश्यक’

    भैरहवा, ६ असार ।
    मानव बेचबिखन संगठित अपराध भएकाले एकताबद्ध भएर अघि बढे मात्रै रोकथाम गर्न सकिने एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । अन्तरसीमा सरोकारवालाहरुसँग मानब बेचबिखनसम्बन्धि समन्वयात्मक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले मानव बेचबिखन रोक्न सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए । 

    images
    images
    images

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ स्थित कालिदह र सीमापारी कक्रहवा एस एसबी क्याम्पमा भएको कार्यक्रममा बोल्दै एसएसबी कक्रहवाका एसिसिटेन्ट कमाण्डर अंकुश शुभास डागेले मानव बेचबिखन जस्तो जघन्य अपराध रोक्नका लागि सबैले आ–आफ्नो स्थानबाट काम गरेमा रोकथाम तथा न्यूनीकरण गर्न सकिने बताए । 

    सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काले सीमा नाकामा प्रयाप्त शिक्षा आवश्यक रहेकोले सबै नागरिक शिक्षित भएमा मानव बेचबिखन रोकथाम हुने बताए ।

    शुभ अवसर ग्राम नेपाल परियोजनाका भैरहवा शाखा संयोजक सत्यनारायण यादवले स्थानीयको सहयोग समन्वयमा बेचबिखन धेरै रोकथाम गर्न सकिने बताए । ‘परियोजना सुरुपछि हामीले कयौं फकाएर, झुक्याएर भारततर्फ लगिँदै गरेका, भारतमा बेचिएका, यौनधन्दामा लगाइएका बालिका, किशोरी, युवती र अधबैँसे महिलाहरूलाई उद्दार गरेर आफन्तको जिम्मा लगाएका छौं, कयौंलाई आयआर्जनका लागि पनि सहयोग गरेका छौँ’, यादवले भने, ‘यसरी उद्धार गरेर ल्याइएका अधिकांश महिलाहरू अहिले खुशी हुनुहुन्छ, धेरै त परियोजनाको सहयोगमा स्वरोजगार पनि बन्नु भएको छ ।’

    उद्दार गरिएकाहरूलाई संस्थामा सेल्टरमा राखेर आफन्तको जिम्मा लगाउने गरिएको छ । भैरहवामा संस्थाको २० जना अट्न सक्ने क्षमताको सेल्टर छ ।

    शुभ अवसर ग्राम नेपालका सामाजिक परिचालन अधिकृत विकास देवकोटाले सरोकारवाला निकायकाबीचमा समन्वय बलियो बनाउन आवश्यक रहेको बताए ।

    गुड सेफर्ड ईन्टरनेशनल फाउण्डेशनको सहयोगमा सीमा नाकाहरुमा शुभ अवसर ग्राम नेपालले काम गरिरहेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij