images
images

शनिवार, जेठ ५ गते २०८१

शान्ति र सदभावका लागि लुम्बिनीमा योग अभ्यास 

शान्ति र सदभावका लागि लुम्बिनीमा योग अभ्यास 

images
images
images
मंगलवार, आषाढ ५ २०८०
मंगलवार, आषाढ ५ २०८०
  • शान्ति र सदभावका लागि लुम्बिनीमा योग अभ्यास 

    भैरहवा, ५ असार ।
    बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति र सदभावका लागि योग अभ्यास गराइएको छ । अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतीय राजदूत नविन श्रीवास्तवको उपस्थितिमा लुम्बिनीमा शान्ति र सदभावका लागि योग दिवस मनाइएको हो ।

    images
    images
    images

    लुम्बिनी विकास कोष, भारतीय राजदूताबास, पतञ्जली नेपालको आयोजनामा लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय योग दिवस २०२३ लाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री किराँतीले सम्बोधन गरे । उनले भारतीय उपमहादीपबाट प्रारम्भ भएको योग सिन्धुघाँटी सभ्यतासंग जोडिएको बताउँदै अहिले विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको बताए । महर्षी पतन्जलीले वैज्ञानिक रुपमा सूत्रबद्ध गरे पनि योग सुत्र निर्माण गर्न धेरै ऋषिमुनिहरुले योगदान गरेको स्मरण गर्दै गौतमबुद्धको नाम अग्रपंक्तिमा आउने बताए । योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्य लाभसँग मात्र होइन मानवलाई योगले विश्व ब्रह्माण्डसँग र मानव कल्याणको साझा ज्ञानसँग जोडने बताए । 
    मन्त्री किराँतीले नेपाल र भातबीच २३०० वर्ष अघिदेखिको व्यापार सम्बन्धबाट सुरु भएको बताउँदै प्रधानमन्त्रीको भारत भ्रमणले भारतसँगको सम्बन्ध थप सुमुधुर बनेको बताए । उनले राम बिना नेपाल र सीता बिना भारत अपूर्ण हुने समेत बताए । मन्त्री किराँतीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका विषयमा भारत सरकार सकारात्मक रहेको बताए । 

    कार्यक्रममा भारतीय राजदूत नविन श्रीवास्तवले योग भारतबाट सुरु भएको बताउँदै यसले नेपालसँगको सम्बन्धलाई पनि जोडेको बताए । उनले नेपाल–भारत सम्बन्ध युगौदेखि रहँदै आएको र प्रधानमन्त्रीको हालै भएको भ्रमणले थप सम्बन्ध सुमुधुर बनेको बताए ।

    पतञ्जली योग समिति कपिलवस्तुका अध्यक्ष कृष्ण मुरारी ज्ञवाली र नवलपरासीका अधयक्ष नरुपती पाण्डेयले योग अभ्यास गराएका थिए । पतञ्जली र स्थानीयहरु गरी दिवसका अवसरमा लुम्बिनीमा ४ सय जनाको उपस्थितिमा योग अभ्यास गराइएको थियो । 

    योग दिवसको अवसरमा आयोजित योग अभ्यासमा मन्त्री किराँतीसहित, मुख्यमन्त्री चौधरी, भारतीय राजदूत श्रीवास्तव, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, विकास कोषका बोर्ड सदस्यहरु सरिक भएका थिए । 

    बुद्ध जन्मस्थल लुम्बिनीमा हुने यस्ता कार्यक्रमले लुम्बिनीको प्रचार प्रसारमा योगदान गर्ने कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राइले बताए । प्रत्येक वर्ष जुन २१ तरिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । भारतीय राजदूतावासले नेपालमा प्रत्येक वर्ष दिवस मनाउने कार्यक्रम अन्तर्गत यसपटक लुम्बिनी र पोखरामा मनाइएको दुताबासका निरज भण्डारीले बताए । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij