
मंगलवार , आषाढ ५, २०८०
भैरहवा, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगर समिति, रुपन्देहीले मंगलबार भैरहवास्थित भीम अस्पतालमा रक्तदान कार्यक्रम गरेको छ । पार्टी स्थापना भएको १ वर्ष पूरा भएको अवसरमा साप्ताहिक कार्यक्रमअन्तर्गत रगतबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको रास्वपा सिद्धार्थनगरका संंयोजक सुमन न्यौपानेले बताए । कार्यक्रममा २६ युनिट रगत संकलन भएको न्यौपानेले जानकारी दिए ।
रास्वपा लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रुपन्देही जिल्ला सभापति प्रकाश ज्ञवाली, प्रदेश सदस्य जीत बहादुर गुप्ता (शेखर), क्षेत्रीय सदस्य विष्णु गौतम, ओम पौडेल, सुनैना केसी, सिद्धार्थनगर–९ का संयोजक ओमराज पन्त, मायादेवी गाउँपालिका संयोजक हरि बहादुर कुँवर, मायादेवी–८ का संयोजक बलराम खरेल, सिद्धार्थनगर समिति सदस्य तथा कार्यक्रम संयोजक ज्ञानेन्द्र पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
रास्वपा सिद्धार्थनगरका संयोजक सुमन न्यौपानेको अध्यक्षता तथा नगर समिति सदस्य लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij