images
images

शनिवार, जेठ ५ गते २०८१

तातो हावाको जोखिमसम्बन्धी कार्यशाला 

तातो हावाको जोखिमसम्बन्धी कार्यशाला 

images
images
images
सोमवार, आषाढ ४ २०८०
सोमवार, आषाढ ४ २०८०
  • तातो हावाको जोखिमसम्बन्धी कार्यशाला 

    भैरहवा, ४ असार ।
    नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको आयोजनामा सोमबार भैरहवामा एकदिने तातो हावा लु को जोखिम सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । 

    images
    images
    images

    रेडक्रस रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख खानले रेडक्रसले गरेका कामहरु महत्वपूर्ण भएको बताए । उनले रेडक्रसले अहिलेको प्रचण्ड गर्मी र तातो हावा लुबाट बच्न गरेको चेतनामुलक कार्यक्रमले राम्रो सन्देश दिएको बताए ।। 

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, कृष्ण पंगेनीलगायतले बोल्दै जलवायु परिवर्तनले वर्षेनी तापक्रम बढ्दै जाने भएकाले सर्तकता अपनाउन आग्रह गरे । 

    रेडक्रस रुपन्देही शाखाका उपसभापति मित्रलाल न्यौपानेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सन्चालन मन्त्री रामचन्द्र उपाध्यायले गरेका थिए । 

    कार्यक्रममा समूहगत छलफल गरी विपदको समयमा बच्ने उपायहरुका बारेमा विभिन्न तरिकाहरुको बारेमा जानकारी गराइएको थियो । हिट रिस्क म्यानेजमेन्ट वर्कसपको सहजीकरण कार्यक्रम संयोजक उमेश ढुंगाना, दोलख डांगी, प्रकाश सुवेदी, आस्मा सुवेदी, प्रकाश डिसीलगायतले गर्नुभएको रेडक्रस रुपन्देही शाखाका अधिकृत कृष्ण मल्लले जानकारी दिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij