images
images

शनिवार, जेठ ५ गते २०८१

लायन्स डिष्ट्रिक ३२५ (पी) को चौथो डिष्ट्रिक क्याबिनेट मिटिङ सम्पन्न

लायन्स डिष्ट्रिक ३२५ (पी) को चौथो डिष्ट्रिक क्याबिनेट मिटिङ सम्पन्न

images
images
images
सोमवार, आषाढ ४ २०८०
सोमवार, आषाढ ४ २०८०
  • लायन्स डिष्ट्रिक ३२५ (पी) को चौथो डिष्ट्रिक क्याबिनेट मिटिङ सम्पन्न

    भैरहवा, ४ असार ।
    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालको चौथो डिष्ट्रिक क्याबिनेट मिटिङ शनिबार तिलोत्तमाको योगिकुटीमा सम्पन्न भएको छ । एरिया–४ को आयोजनामा भएको बैठकमा विभिन्न क्लब, क्लबका अध्यक्ष, सचिव लगायतलाई विभिन्न अवार्डबाट सम्मान गरिएको थियो ।

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले विभिन्न क्षेत्रमा लायन्स क्लबले महत्वपूर्ण कार्य गरेको बताए । उनले कतिपय स्थानमा सरकारको उपस्थिति हुन नसकेको स्थानमा लायन्स क्लब पुगेको बताए । उनले लायन्स क्लबसँग प्रदेश सरकारले सहकार्य गर्ने बताए । उनले भने, ‘सका कार्यक्रमहरुले सरकारलाई पनि सहयोग पुगेको छ । सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । ’

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले व्यक्ति भन्दा संस्था र संस्था भन्दा देश ठूलो भएको बताइन् । उनले लायन्स क्लबले सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेको बताइन् ।

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका संस्थापक डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले सबैको साथ र सहयोगले लायन्स डिष्ट्रिक ३२५ (पी)ले धेरै कामहरु गर्न सफल भएको बताए । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

    त्यस्तै इलेक्ट डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजु, विभिन्न एरियाका एरिया चिफ, नेपाल मानव आश्रमका अध्यक्ष रामजी अधिकारीलगायतले लायन्स क्लबले गरेका कामहरुबारेमा बोलेका थिए ।

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका संस्थापक डिष्ट्रिक गभर्नर नवराज न्यौपानेको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यता, लायन्स क्लब अफ शंकरनगर वाटिकाकी अध्यक्ष साधन भण्डारीको ध्वजा अभिवादन तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका संस्थापक डिष्ट्रिक सचिव सन्दिप कसौधनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा डिष्ट्रिक ३२५ (पी) का कोषाध्यक्ष विनोद खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    354462706_837353451265905_758632574619813560_n.jpg

    पत्रकारिता पुरस्कार गुप्ता र आलेलाई

    लायन्स पत्रकारिता पुरस्कार–२०२२÷०२३ बाट पत्रकारद्वय रविन्द्र प्रताप गुप्ता र दुर्गा आले सम्मानित भएका छन् । कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको थियो । गुप्ता खबरपात्रो डटकमका साथै विभिन्न सञ्चार माध्यममा आबद्ध छन् । त्यस्तै आले बुटवल टुडे राष्ट्रिय दैनिकमा आबद्ध छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij