images

सोमवार, बैशाख २४ गते २०८१

कृषि र रोजगार लुम्बिनी प्रदेश सरकारको प्राथमिकतामा : प्रवक्ता पाण्डेय

कृषि र रोजगार लुम्बिनी प्रदेश सरकारको प्राथमिकतामा : प्रवक्ता पाण्डेय

images
images
images
आइतवार, आषाढ ३ २०८०
आइतवार, आषाढ ३ २०८०
  • कृषि र रोजगार लुम्बिनी प्रदेश सरकारको प्राथमिकतामा : प्रवक्ता पाण्डेय

    भैरहवा, ३ असार ।
    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले कृषि र रोजगार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । उनले स्थानीय उत्पादनको बजारीकरण र ब्राण्डिङ गरेर किसानलाई अर्थतन्त्रसँग जोड्ने प्रदेश सरकारको नीति रहेको बताए ।

    images
    images
    images

    आइतबार सिद्धार्थनगर-१० स्थित दोगहरी स्मार्ट कृषि गाउँ कार्यक्रमलाई विभिन्न कृषि उपकरण हस्तान्तरण गर्दै मन्त्री पाण्डेयले किसानलाई आधुनिक उपकरणसँग जोड्न र उत्पादन बढाउन स्मार्ट कृषि गाउँ कार्यक्रम उपलब्धीमूलक हुने विश्वास गरे । उनले भने, ‘यो कार्यक्रममार्फत ४ वर्षमा सिद्धार्थनगर–१० का सम्पूर्ण किसान कृषि उपकरण लिन नछुटु्न भन्ने उद्देश्य छ । ’

    मन्त्री पाण्डेयले प्रदेश सरकारले २ लाख नागरिकलाई रोजगारी दिने गरी अघि बढेको र त्यो रोजगारी कृषि र पर्यटन क्षेत्रको विकासको माध्यमबाट दिन सकिने बताए । उनले लुम्बिनी प्रदेशलाई पर्यटनको प्रमुख केन्द्र बनाएर बढी भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटन ल्याएर यो प्रदेशलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने बताए । लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेश भनेर विश्वमाझ चिनाउनुपर्ने उनको भनाइ छ ।

    IMG_9995.JPG

    कृषि ज्ञान केन्द्र, रुपन्देहीका प्रमुख शिव प्रसाद अर्यालले प्रदेश सरकारको कृषि तथा भूमिव्यवस्था मन्त्रालय अन्तर्गत स्मार्ट कृषि गाउँ कार्यक्रम वहुवर्षिय कार्यक्रम भएको बताए । उनले हाल यो कार्यक्रम तेस्रो वर्षमा चलिरहेको जानकारी दिए । उनले चार वर्षसम्म सञ्चालन हुने यो कार्यक्रमले कृषकलाई नयाँ प्रविधिमा अभ्यस्त गराउने विश्वास व्यक्त गरे । उनले भने, ‘यो कार्यक्रम अन्य कार्यक्रम भन्दा भिन्न छ ।’

    दोगहरी स्मार्ट कृषि गाउँ कार्यक्रमका संयोजक प्रहलाद मुरावको अध्यक्षता तथा सचिव राजकुमार चाईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_9989.JPG

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij