images
images

शनिवार, जेठ ५ गते २०८१

‘मद्राहनी बुद्धपार्क’ को अवधारणाबारे छलफल

‘मद्राहनी बुद्धपार्क’ को अवधारणाबारे छलफल

images
images
images
आइतवार, आषाढ ३ २०८०
आइतवार, आषाढ ३ २०८०
  • ‘मद्राहनी बुद्धपार्क’ को अवधारणाबारे छलफल

    भैरहवा, ३ असार । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुद्धकालिन सभ्यतासँग जोडिएको ‘मद्राहनी बुद्धपार्क’ को अवधारणाबारे छलफल गरिएको छ । लुम्बिनी विकास कोषले स्थानीय समुदायको अनुरोधमा तयार पारेको प्रारम्भिक गुरुयोजना र अवधारणाबारे आइतबार तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरिएको हो । 

    images
    images
    images

    तिलोत्तमा–११ भुपुसैनिक उत्तर रोहिणी नदी किनारमा अवस्थित हरियाली सामुदायिक वनभित्र करिब ६ बिगाह क्षेत्रफलमा बौद्धधर्मग्रन्थमा उल्लेख गरिएको रोहिणी नदी सभ्यतालाई जोडेर पार्कको अवधारणा कोषले तयार पारेको छ । 

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बुद्धकालिन सयममा कोलिय र शाक्य गणराज्यको सीमाका रुपमा रोहिणी नदी रहेको त्यही सभ्यता उजागर गरेर पर्यटक आर्कषित गर्न पार्क निर्माणले सहयोग गर्ने बताए । उनले मायारानीबाट अपभ्रश भएर मद्राहानी कुमारवर्ति क्षेत्र बनेकाले मद्राहनी क्षेत्र ऐतिहासिक पुरातात्विक रुपमा महत्वपूर्ण क्षेत्र रहेको बताए । 

    रोहिणी नदीको विषयमा कोलिय र शाक्यहरूबीच कुलोपानीको बाँडफाँडसम्बन्धि मतभेद हुँदा बुद्धले मध्यमार्ग अपनाएकाले यही सन्दर्भलाई मद्राहनी बुद्धपार्कबाट उजागर गर्न सकिने उनले बताए । स्थानीयहरुको आग्रहअनुसार कोषले वाटर पार्कसहितको मद्राहानी पार्कको परिकल्पना गरी गुरुयोजना तयार पारेकाले स्थानीय सरकारलाई अगुवाई गर्न कोषाध्यक्ष भट्टराईको आग्रह छ । 

    तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, उप्रमुख जगेश्वरीदेवी चौधरी, वडा अध्यक्षहरुसँग कोषका प्रतिनिधि र स्थानीयहरुबीच छलफल भएको थियो । नगरप्रमुख खाणले पार्क निर्माणका लागि नगरपालिका सकरात्मक रहेको बताउँदै स्थानीय समुदायको अग्रसरतामा योजना अघि बढाउने बताए । छलफलमा नगर उपप्रमुख चौधरीले अवधारणाअनुसार पार्क निर्माणका लागि वनसँग जग्गाको बिषयलाई टुंगो लगाएर जानुपर्नेमा जोड दिईन । 

    अवधारणासम्बन्धी छलफलमा बौद्धग्रन्थका जानकार पूर्व प्रदेश सांसद् डा. कृष्णप्रसाद न्यौपानेले रोहणी नदी बौद्धग्रन्थमा असाध्यै पवित्र नदीका रुपमा उल्लेख गरेकाले यसलाई आधार बनाएर पार्क निर्माण गर्न सके त्यसले देवदह र तिलोत्तमा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनीसँगै देवदह र रामग्राममा पर्यटकीय पूर्वाधार थपिदा पर्यटकको बसाई अवधि थपिने बताए ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्री, जनप्रतिनिधि राधा शाही, गोपाल घिमिरे, लुम्बिनी विकास कोषका वनस्पती शाखा प्रमुख कमलेश प्रसाद वर्मा, इञ्जिनियर नविन कर्ण, कन्सल्टेन्ट इञ्जिनियर सञ्जु कैनीलगायतले सुझाव दिएका थिए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij