२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

लायन्स सिद्धार्थनगरद्वारा भानु माविलाई २६ थान पंखा वितरण

आइतवार , आषाढ ३, २०८०

भैरहवा, ३ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगरले २६ थान पंखा वितरण गरेको छ । क्लबले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित भानु माध्यमिक विद्यालयलाई सिलिङ पंखा वितरण गरेको अध्यक्ष चन्द्र बहादुर थापाले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले पंखा वितरण गरिएको थापाले बताए । 

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच विद्यालयलाई ६५ हजार मूल्य बराबरको पंखा वितरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका पूर्व अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का संस्थापक डिष्ट्रिक गभर्नर पीएमजेएफ नवराज न्यौपानेले भैरहवा क्षेत्रको पुरानो लायन्स क्लब लायन्स क्लब अफ सिद्धार्थनगरले स्थापनाकालदेखि नै रचनात्मक कार्य गर्दै आएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का संस्थापक डिष्ट्रिक गभर्नर पीएमजेएफ नवराज न्यौपानेको प्रमुख आतिथ्यता तथा लायन्स सिद्धार्थनगरका सह–सचिव रघु खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खान, विद्यालयका प्राचार्य मोतीलाल सुवेदी, लायन्स को–चिफ एडभाइजर राजेश खरेल, एरिया चिफ संगम न्यौपाने, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टीनियलका अध्यक्ष गजेन्द्र कोहार, थिरेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।