
आइतवार , आषाढ ३, २०८०
भैरहवा, ३ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगर समिति, रुपन्देहीले आइतबार विद्यालय सरसफाई कार्यक्रम गरेको छ । पार्टी स्थापना भएको १ वर्ष पूरा भएको अवसरमा साप्ताहिक कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम गरिएको रास्वपा सिद्धार्थनगरका संयोजक सुमन न्यौपानेले बताए ।
आइतबार बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालय परिसर र विद्यालय आसपास सरसफाई गरिएको न्यौपानेले बताए । ‘पार्टी स्थापना भएको १ वर्ष पूरा भएको अवसरमा सरसफाई गरिएको हो । उनले भने, ‘नगर हराभरा र सफा राख्नु हामी सबैको दायित्व हो । रास्वपा सिद्धार्थनगरले सिद्धार्थनगर नगरपालिकाको विकासका लागि सक्दो पहल र प्रयास गर्दै आएको छ ।’ आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।
यसअघि रास्वपा सिद्धार्थनगरले शुक्रबार भैरहवाका १० वटा स्थानमा निःशुल्क पिउनेपानी वितरण सुरु गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij