२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगरको नवौं अधिवेशन असार १६ गते हुने

शुक्रवार , आषाढ १, २०८०

भैरहवा, १ असार ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगरको ९ औं नगर अधिवेशन आगामी असार १६ गते भैरहवामा हुने भएको छ । युवा संघ सिद्धार्थनगर नगर कमिटीको शुक्रबार भैरहवामा बसेको बैठकले असार १६ गते नगर अधिवेशन गर्ने निर्णय गरेको संघका सिद्धार्थनगर अध्यक्ष कृष्ण मल्ल ठकुरीले बताए । अधिवेशनका लागि विभिन्न जिम्मेवारी समेत तोकिएको उनले जानकारी दिए ।

जसअन्तर्गत मूल व्यवस्थापनमा कृष्ण मल्ल ठकुरी, प्रतिनिधिमा प्रविन आचार्य, आर्थिकमा संजिव श्रेष्ठ, खाद्यान्नमा सौरव श्रेष्ठ, प्रचारप्रसारमा विक्रम यादव, अतिथि सत्कारमा नितु थापा मगर, स्वयंसेवकमा आकाश काफ्ले र मञ्च व्यवस्थापनमा अमित पौडेललाई जिम्मेवारी प्रदान गरिएको राष्ट्रिय युवा संघ, रुपन्देहीका सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज विशाल श्रेष्ठले बताए । त्यस्तै अधिवेशनकै दिन पत्रकार सम्मान कार्यक्रमसमेत रहेको संघले जनाएको छ । पत्रकार सम्मान कार्यक्रमको विशाल श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा सम्झना शर्मा र अमित सेन्चुरी रहेका छन् । अधिवेशनका लागि प्रतिनिधि चयन असार १४ गते गरिने श्रेष्ठले जानकारी दिए ।

बैठकमा नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानबारे समीक्षा तथा छलफल समेत गरिएको संघका सिद्धार्थनगर उपाध्यक्ष प्रविन आचार्यले बताए । त्यस्तै बैठकमा पिउने पानी वितरण, अनियमित विद्युत आपूर्तिसम्बन्धमा ध्यानाकर्षण गराउने लगायतको विषयमा समेत छलफल भएको आचार्यले जानकारी दिए ।

राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीको अध्यक्षता, संघका केन्द्रीय सदस्य किरण नेपालको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला अध्यक्ष विकास जंग बस्नेत, एमाले सिद्धार्थनगर उपाध्यक्ष अर्जुन गिरी, राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला उपाध्यक्ष दिपक खड्गी, जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज विशाल श्रेष्ठको आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । बैठकमा