२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

बुटवलबाट सम्पर्कबिहीन भएका गुल्मीका धर्मेन्द्र प्रधान पाँच दिनपछि भेटिए

शुक्रवार , आषाढ १, २०८०

बुटवल, १ असार ।

गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार, पल्टार बजार घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान सम्पर्कबिहीन भएको पाँच दिनपछि फेला परेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ स्थित ज्योतिनगरबाट गत आइतबार प्रधान सम्पर्कबिहीन भएका थिए । धर्मेन्द्र बिहीबार भैरहवास्थित आँखा अस्पताल नजिकैबाट फेला परेका हुन् ।

ज्योतिनगरस्थित आफ्नी बहिनीका घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको समयदेखि हराएका उनलाई खोजीका लागि परिवारको अपीलपछि विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रशारण भएको थियो ।

सोही समाचारलाई आधारमा भैरहवामा रहेको लुम्बिनी रण अम्बिका आँखा अस्पताल नजिकै रहेको एक होटल सञ्चालककले धर्मेन्द्रलाई फेला पारेपछि परिवारलाई फोन गरी जिम्मा लगाएका थिए । उनलाई फेला पारेपछि उनका भाई राजेन्द्र प्रधानले फेला पार्न समाचार सम्प्रेषण गरेर सहयोग गरेको भन्दै सञ्चार माध्यमहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।