२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

अनियमित विद्युत कटौती हुन थालेपछि अनेरास्ववियु सिद्धार्थनगरले गरायो ध्यानाकर्षण

शुक्रवार , आषाढ १, २०८०

भैरहवा, १ असार ।
गर्मीयाममा बिना सूचना अनियमित विद्युत कटौती हुन थालेपछि नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नगर कमिटी, सिद्धार्थनगर नगरपालिकाले रुपन्देहीले ध्यानाकर्षण गराएको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका इञ्जिनियर गंगाराम पाललाई ज्ञापनपत्र बुझाउँदै अनेरास्वविुयले ध्यानाकर्षण गराएको हो ।

विद्युत प्राधिकरणबाट भएको क्रियाकलापले सर्वसाधारण, विद्यार्थी तथा व्यवसायीहरुमा असर गरेको अनेरास्ववियु सिद्धार्थनगरका अध्यक्ष सुनिल खनालले बताए । यथाशिघ्र समस्या समाधान नभए अनेरास्ववियु चरणबद्ध आन्दोलनमा उत्रिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहमुखी क्याम्पसका उपाध्यक्षसमेत रहेका खनालले चेतावनी दिए ।

नेकपा एमालेका नेता तथा पूर्व वडा सदस्य उमेश थापा लाटोमगर, सिद्धार्थनगर विद्यार्थी इञ्चार्ज तथा पूर्व वडा सदस्य सरोज ठकुरी, अनेरास्ववियु रुपन्देही जिल्ला सदस्य तथा (स्ववियु भैरहवा बहमुखी क्याम्पसका अध्यक्ष सागर न्यौपाने, जिल्ला सदस्य विवेक भण्डारी, विद्यार्थी नेताहरु पवन न्यौपाने, आयुष लामा, राहुल ठाकुर, मिलन पौडेल, स्ववियु सदस्य महेश चौधरी लगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको थियो ।

विगत केही दिनदेखि अनियमित विद्युत कटौती भएपछि नागरिकले सास्ती खेप्दै आइरहेको छन् ।