images

सोमवार, बैशाख २४ गते २०८१

लुम्बिनी प्रदेशमा असार १ मा बजेट आउँछ : प्रवक्ता पाण्डेय

लुम्बिनी प्रदेशमा असार १ मा बजेट आउँछ : प्रवक्ता पाण्डेय

images
images
images
बिहिवार, जेठ ३२ २०८०
बिहिवार, जेठ ३२ २०८०
  • लुम्बिनी प्रदेशमा असार १ मा बजेट आउँछ : प्रवक्ता पाण्डेय

    रुपन्देही, ३२ जेठ । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै असार १ गते शुक्रबार (भोली) बजेट आउने भएको छ । असार १ गते दिउँसो ३ बजे बजेट ल्याउने गरी दोस्रो अधिवेशनको ११ औं बैठक बस्ने लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले खबरपात्रोलाई बताए । प्रवक्ता पाण्डेले प्रदेश सरकारले नीति तथा कार्यक्रममा विशेष गरी कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएको, स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्ने र प्रदेशका २ लाख नागरिकलाई रोजगारी दिने समावेश भएको बताए । उनले भने, ‘गाउँगाउँ र घरघरमा प्रदेश सरकारको अनुभुति दिलाउने गरी सरकार अघि बढेको छ ।’ 

    images
    images
    images

    प्रदेशसभामा छलफल भएको नीति तथा कार्यक्रम मंगलबार बसेको दोस्रो अधिवेशनको १० औं बैठकले बहुमतले पारित गरेको हो ।

    मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सभासमक्ष आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेश गरेका थिए । सभामुख तुलाराम घर्तीले सो प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेश गरेका थिए । ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको छ ।

    यस्तै, नीति तथा कार्यक्रममाथि पाँचजनाले संशोधन प्रस्ताव दर्ता गराए पनि बहुमतले अस्वीकृत भएको छ । बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०७९÷८० को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका थिए ।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij