२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

पूर्वी र मध्य भूभागमा मनसुनको प्रभाव, केहि प्रदेशमा वर्षाको सम्भावना

बिहिवार , जेठ ३२, २०८०

भैरहवा । बुधबार नेपाल भित्रिएको मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज पूर्वी र मध्य भुभागमा मौसमको प्रभाव रहने जनाईएको छ ।  

अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले  कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली भएको छ । बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ । 

दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

राती पनि  कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।