
बुधवार , जेठ ३१, २०८०
बुटवल, ३१ जेठ । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार पल्टार बजारमा घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान ४ दिनदेखि सम्पर्कबिहीन भएपछि परिवारले खोजीका लागि अपील गरेको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरबाट आइतबारेदेखि प्रधान सम्पर्कबिहीन भएको परिवारले जनाएको छ ।
ज्योतिनगरस्थित आफ्नी बहिनीको घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको समयदेखि हराएका उनलाई खोजीका लागि परिवारले आग्रह गरेको हो । मानसिक सन्तुलन कमजोर भएका उनले कालो कलरको ट्राउजर र गुलाबी कलरको टिसर्ट लगाएर घरबाट निस्किएको परिवारले जनाएको छ । सेतो कपाल र सेतो दाह्री भएका उनलाई भेटाउने जो कोहीले खबर गरिदिनका लागि उनका भाइ राजेन्द्र प्रधानले आग्रह गरेका छन् ।
भाइ राजेन्द्रको मोबाइल नम्बर ९७६२२३६१९६ वा सम्पर्कबिहीन बनेका प्रधानका ज्वाई जीवन श्रेष्ठको मोबाइल नम्बर ९८४७०२१३४८ मा सम्पर्कका लागि परिवारले आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij