२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

लायन्स डिष्ट्रिक ३२५ पी चौथो क्याबिनेट बुटवलमा हुने

बुधवार , जेठ ३१, २०८०

बुटवल, ३१ जेठ ।
‘हामी सेवा गर्छौं’ भन्ने मूल नाराका साथ स्थापना भएको लायन्स क्लबहरुको डिष्ट्रिक ३२५ पी नेपालको चौथो क्याबिनेट मिटिङ्ग तथा फेलोसिप कार्यक्रम असार २ गते बुटवलमा हुने भएको छ ।

बुटवलमा पत्रकार सम्मेलमा गर्दै लायन्स ३२५ पी का एरिया ३ का एरिया चिफ माधव खनाल र एरिया ४ का एरिया चिफ एमएल पाण्डेले वर्षभरी गरिएका विभिन्न सामाजिक कार्यहरुको समीक्षा हुने बताए । क्लबहरुले र डिष्ट्रिकका पदाधिकारी र क्लबहरुका अध्यक्षलाई सामाजिक कार्यको मूल्यांकन गरी सम्मान गरिने बताए । यो वर्षभरी लायन्स क्लबको इतिहास पुरानो र विश्वव्यापी पहुँच रहेको भन्दै अझै बढी सेवा भावलाई अगाडि बढाउनुपर्ने बताएका हुन् ।

यो वर्ष गरिएका विभिन्न सामाजिक कार्यक्रमबाट अर्को वर्ष झन बढी सामाजिक सेवा गर्नेको लागि समीक्षा गरी काम गर्ने क्लबहरुका विभिन्न प्रोजेक्टलाई आर्थिक व्यवस्थापन गर्ने र हुन नसकेका प्रोजेक्टलाई अर्को वर्ष गर्ने उत्प्रेणा प्रदान गरिने एरिया चिफ पाण्डेले बताए ।

कार्यक्रम योगिकुटी रहेको होटल पौवा आयोजना भएको उक्त कार्यक्रममा पाष्ट ईन्टरनेशनल डाईरेक्टर लायन्स नेताहरु, मल्टिपल चियर पर्सन, डिष्ट्रिक गभर्नर नवराज न्यौपानेसहितका लायन्सका प्रथम भाइस ड्रिष्टक गर्भनर तथा इलेक्ट गभर्नर अर्जुनमान सैंजु, द्वितीय भाइस डिष्ट्रिक गभर्नर तथा इलेक्ट प्रथम भाइस गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, इलेक्ट द्वितीय गभर्नर बालाराम भट्टराई, पूर्व गभर्नरहरु अरुण प्रताप राणा, सुनिल ओझा, अनुप पहारी, महेन्द्रनारायण श्रेष्ठ लगायतले सम्वोधन गर्ने रहेको एरिका ३ चिफ माधव खनालले बताए ।

लायन्स एरिया नम्बर ३ र ४ को आयोजनामा हुने क्याबिनेट मिटिङ्गमा कार्यक्रममा करिव ५ सय भन्दा बढीको सहभागीता रहने आयोजकले जनाएका छन् । लायन्स डिष्ट्रिक ३२५ पी अन्तर्गत नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु काठमाण्डौसहितका १ सय ८४ वटा क्लबमा ४ हजार ६ सय ७ जना सदस्य छन् ।