
बुधवार , जेठ ३१, २०८०
भैरहवा, ३१ जेठ । यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिएको छ । आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पुर्वी भूभागमा आगमन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको महाशाखाले जनाएको छ ।
नेपालको अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij