
बुधवार , जेठ ३१, २०८०
बुटवल, ३१ जेठ ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्यापटरको सातौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा सन्देश श्रेष्ठ चयन भएका छन् ।
भैरहवामा भएको साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएका हुन् । जसको प्रथम उपाध्यक्षमा रिसव वझा, द्वितीय उपाध्यक्षमा आदर्श श्रेष्ठ, सदस्यहरुमा प्रतिक कसजु, अनिश कसौधन, शायना श्रेष्ठ, सुमन बस्याल, सुमित वझा, सुमित श्रेष्ठ, प्रविना घिमिरे, मन्जिल विश्वकर्मा र बिराट जोशी निर्वाचित भएका छन् ।
कार्यक्रममा अध्यक्ष निरज लाकौलले वर्षभरीको कार्यप्रगतिको विवरण प्रस्तुत गर्दै सबैको सहकार्यबाट मात्रै संस्था सफल भएको भन्दै आगामी दिनहरुमा अझै बढी सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । लाकौलले युवा उद्यमीहरुको क्षमता विकास गराउन लक्ष्यसहित कार्यक्रम गर्दै आएको बताए । नेतृत्व र क्षमता विकाससँग युवा उद्यमीहरुका समस्या उठान गर्दै समाधानबारे छलफल गराउने गरेको उनले बताए । विदेश जाने सोच बनाएका युवाहरुलाई स्वदेशमा नै रोक्न सकिने विकल्प खोज्ने काम गरेको उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नवनिर्वाचित युवा उद्यमी मंच रुपन्देहीका कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै नेपालमा रोजगार तथा लगानीको अवसर लागि महत्वपूर्ण थलो बनाउन युवा उद्यमीहरुको ठूलो योगदान रहने बताए ।
राष्ट्रिय अध्यक्ष रितेश लामिछानेले युवाहरुमा आत्मविश्वाससँगै अवसर दिने रुपमा संगठित भएको र संस्थाले स्वरोजगारका विभिन्न कार्यक्रमहरू गर्दै आएको उनले बताए । युवालाई उद्यममा लाग्न बाटो देखाउने काम गरेको उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल प्रसाद कसजु, उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा नेपाल वायुसेवा निगमका संचालक किशोर प्रधान, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, रुपन्देही उधोग संघका अध्यक्ष माधव पौडेल, बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष खिम हमाल, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाली युवा उद्यमी मंचका केन्द्रीय प्रथम उपाध्यक्ष साहारा जोशी, युवा उद्यमी मंच रुपन्देहीका पूर्व अध्यक्षहरु आनन्द वझा, पूर्वअध्यक्ष सुमोद मान सैजु, सन्दीप कसौधन, उमेश अमात्य, प्रदिप शाक्य, अखिलेश कसौधन, साधारण सदस्यलगायतको उपस्थित रहेको थियो । उक्त कार्यक्रम प्रथम उपाध्यक्ष रिसव वझाले सञ्चालन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij