
मंगलवार , जेठ ३०, २०८०
सन्धिखर्क, ३० जेठ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–७ किर्लुकमा रा १ त ४२९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक प्युठान ऐरावती गाउँपालिका घर भएका २७ वर्षीय कमल सोमै मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले बताए ।
दुर्घटनामा घाइते भएका चालक मगरको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको हो । अन्य २ जना घाइतेको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij