
मंगलवार , जेठ ३०, २०८०
भैरहवा, ३० जेठ ।
प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री दीपक बोहरालाई मंगलबार भैरहवामा अभिनन्दन गरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाज सञ्चालनमा योगदान पुर्याएको सांसद बोहरालाई अभिनन्दन गरिएको हो ।
पूर्वमन्त्री बोहरालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती, राज्यमन्त्री शुशिला सिर्पाली ठकुरी, नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलगायतले दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए ।
बोहरा मन्त्री हुँदा अन्तर्राष्ट्रिय उडानका लागि नेपाल वायु सेवा निगमले दुईवटा बाईङ्ग खरिद गरेर अन्तर्राष्ट्रिय उडानको सुरुवात गरेका थिए ।
तत्कालीन समयमा बोहरा मन्त्री हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पनि पहल गरेका थिए ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेतासमेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij