२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

माग पूरा नभए असार २ देखि विद्यालय बन्द गर्ने आन्दोलनरत कर्मचारीको चेतावनी

सोमवार , जेठ २९, २०८०

काठमाडौं, २९ जेठ । 
सामुदायिक विद्यालयका आन्दोलनरत कर्मचारीले आफ्ना माग पूरा नभए २ असारदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका छन् । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका कर्मचारीले १ असारसम्ममा आफूहरुको माग पूरा नभए २ असारदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् । 

न्यूनतम पारिश्रमिकसहित संघीय शिक्षा ऐन जारी गर्नुपर्ने र शिक्षकहरूको सेवा सुविधा बढाउनुपर्ने माग राखेर रिले अनशन थालेका कर्मचारीले सरकारलाई विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् । 

सोमबारदेखि काठमाडौंको भद्रकालीमा नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिमा आबद्ध कर्मचारीले रिले अनशन सुरु गरेका छन् ।