images

शनिवार, बैशाख २२ गते २०८१

भैरहवामा कैदीबन्दीका लागि लायन्सद्वारा निःशुल्क स्वास्थ्य शिविर

भैरहवामा कैदीबन्दीका लागि लायन्सद्वारा निःशुल्क स्वास्थ्य शिविर

images
images
images
सोमवार, जेठ २९ २०८०
सोमवार, जेठ २९ २०८०
  • भैरहवामा कैदीबन्दीका लागि लायन्सद्वारा निःशुल्क स्वास्थ्य शिविर

    भैरहवा, २९ जेठ ।
    लायन्स क्लब अफ बुटवल मणि उजेशले भैरहवा कारागारमा रहेका कैदीबन्दीका लागि एकदिने निःशुल्क वृहत स्वास्थ्य शिविर गरेको छ । विजया फार्मा, लायन्स क्लब अफ बुटवल समर्पण, लायन्स क्लब अफ बुटवल शुभारम्भ, देवदह मेडिकल कलेज एण्ड रिसर्च इष्टिच्युट र लियो क्लब अफ बुटवल मणि उजेशको सहयोगमा शिविर आयोजना गरिएको कार्यक्रम संयोजक संजिवना आचार्यले बताइन् । जिल्ला कारागार कार्यालय सिद्धार्थनगर, रुपन्देहीमा आइतबार भएको शिविरमा २३७ जनाको स्वास्थ्य परीक्षण गरिएको लायन्स एरिया चिफ संगम न्यौपानेले बताए । शिविरमा भिडियो एक्स–रे, रक्तचाप, छाला, जनरल फिजिसियनलगायत विभिन्न रोगसम्बन्धी परीक्षण र निःशुल्क औषधी समेत वितरण गरिएको न्यौपानेले जानकारी दिए ।

    images
    images
    images

    शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक गभर्नर पीएमजेएफ नवराज न्यौपानेले बेलाबेलामा लायन्सले कारागारमा विभिन्न कार्यक्रमहरु गरेको बताए । उनले शिविर आयोजना गर्ने अवसर प्रदान गर्ने कारागार प्रशासन र शिविरमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिए । गभर्नर न्यौपानेले शिविरले रोग पहिचान गर्न सहयोग पुग्ने बताए ।

    लायन्स क्लब अफ बुटवल मणि उजेशकी अध्यक्ष डा. शान्ता शर्माले लायन्सले समाजको आवश्यकताअनुसार सामाजिक कार्य गर्दै आएको बताइन् । उनले देवदह मेडिकल कलेजले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको र विभिन्न स्थानीय तहले कलेजको प्रशंसा गरेको बताइन् । उनले भनिन्, ‘मेरो कार्यकालमा देवदह मेडिकल कलेजले सहयोग गर्दै आएको छ ।’

    कारागारका स्वास्थ्य प्रमुख रमेश नेपालले १९९० सालमा स्थापना भएको भैरहवा कारागारमा हाल क्षमता भन्दा बढी कैदीबन्दी रहेको बताए । उनले कारागार सुधार गृह रहेको बताए । 

    देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल बहादुर पोखरेलले समाजमा केही गरौं भन्ने उद्देश्यले समुदायमा पुगेर काम गरिएको बताए । उनले समयमै रोग पहिचान गर्न सकिए उपचारमा सहज हुने बताए । 
    लायन्स क्लब अफ बुटवल मणि उजेशकी सचिव पुष्पा कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij