images

आइतवार, बैशाख २३ गते २०८१

बुटवलमा ढुंगाले हानेर एकजनाको हत्या

बुटवलमा ढुंगाले हानेर एकजनाको हत्या

images
images
images
आइतवार, जेठ २८ २०८०
आइतवार, जेठ २८ २०८०
  • बुटवलमा ढुंगाले हानेर एकजनाको हत्या

    बुटवल, २८ जेठ ।
    बुटवल उपमहानगरपालिका–११ देवीनगरमा कुटपिटबाट एक पुरुषको ज्यान गएको छ । ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरूको समूहले कुटपिट गरी हत्या गरेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    images
    images
    images

    वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नाबालकसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

    बुटवल देवीनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा पर्स लुटपाट गर्ने उद्देश्यले ढुंगाले टाउको लगायतका अंगहरूमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुषको बारेमा थप जानकारी खुल्न बाँकी रहेको छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij