images

शनिवार, बैशाख २२ गते २०८१

स्वतन्त्र नागरिक अभियान सिद्धार्थनगरद्वारा निःशुल्क पानी वितरण 

स्वतन्त्र नागरिक अभियान सिद्धार्थनगरद्वारा निःशुल्क पानी वितरण 

images
images
images
आइतवार, जेठ २८ २०८०
आइतवार, जेठ २८ २०८०
  • स्वतन्त्र नागरिक अभियान सिद्धार्थनगरद्वारा निःशुल्क पानी वितरण 

    भैरहवा, २८ जेठ ।
    प्रस्तावित स्वतन्त्र नागरिक अभियान सिद्धार्थनगरले भैरहवाका विभिन्न चोकहरुमा निःशुल्क पिउनेपानी वितरण गरेको छ । पछिल्लो समय तराईमा बढ्दो गर्मी र त्यसबाट जनजीवनमा परेको प्रभावलाई मध्यनजर गर्दै नगरका ७ वटा स्थानमा सर्वसाधारणहरुका लागि पानी वितरण गरिएको आयोजकले जनाएको छ । 

    images
    images
    images

    पहिलो चरणमा जेठ २८ र २९ गते दुईदिन पानी वितरण गरिने र आवश्यकता तथा मौसमलाई मध्यनजर गरी समय थप गर्न सकिने अभियानका संयोजक नारायण प्रसाद भण्डारीले बताए । भण्डारीकाअनुसार आइतबार बिहान ८ बजेदेखि भैरहवाको मिलनचोकबाट औपचारिक रुपमा सुरुवात भएको पानी वितरण कार्यक्रम दिनभर बजारको बुद्धचोक पुर्व र पश्चिम, पिपरहिया चोक, गल्लामण्डी, आँखा अस्पताल गेट अगाडि, भीम अस्पताल गेट र विद्रोही चोक गरी ७ स्थानबाट पानी वितरण गरिएको थियो । पहिलो दिन बजारमा निःशुल्क पिउने पानी वितरण गर्दा सर्वसाधारणले निकै सकारात्मक प्रतिक्रिया दिएको भण्डारीले बताए । 

    पानी वितरण कार्यक्रमबाट बजारका विभिन्न स्थानबाट सकारात्मक प्रतिक्रिया आएको अभियानका सदस्य सचिन रोक्काले बताए । गर्मीको समयमा निःशुल्क रुपमा चिसो पानी वितरण गर्नु पुनित कार्य भएको जस्ता प्रतिक्रिया आएको रोक्काले जानकारी दिए । आइतबार ७ स्थानबाट २ हजार लिटर पानी खपत भएको अभियानका सदस्य राम प्रसाद भण्डारी (रामु) ले बताए । पानी वितरण कार्यक्रम सोमबार पनि चल्ने छ । कुनै राजनीतिक आस्था नराखी नितान्त सामाजिक कार्य गर्ने हेतुले प्रस्तावित स्वतन्त्र नागरिक अभियान सिद्धार्थनगरले पानी वितरणपश्चात् आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरुमा सक्रिय हुने अभियानका सदस्य रोशन बहादुर थापाले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij