images
images

बुधवार, जेठ २ गते २०८१

लिडरसीप तालिमप्रति आकर्षण बढ्दै, सहभागीहरु उत्साहित  

लिडरसीप तालिमप्रति आकर्षण बढ्दै, सहभागीहरु उत्साहित  

images
images
images
आइतवार, जेठ २८ २०८०
आइतवार, जेठ २८ २०८०
  • लिडरसीप तालिमप्रति आकर्षण बढ्दै, सहभागीहरु उत्साहित  

    भैरहवा, २८ जेठ ।
    रुपन्देहीको भैरहवामा गत २ वर्षदेखि नियमित रुपमा सञ्चालित लिडरसीप क्षमता तालिमको आकर्षण थप बढ्दै गइरहेको तालिमका  प्रशिक्षार्थीहरुले  बताएका छन् । सिद्धार्थनगर नगरपालिका–८ का घनश्याम बेलबासेले बोल्ने कला सिक्न तालिममा सहभागी भएको बताए । ‘मंचमा माइक अगाडि उभिएर अगाडी बोल्न चाहन्छु तर माइक अगाडी पुग्दा बिर्सन्छु । उनले भने, ‘यो तालिमले व्यवहारिक ज्ञान सिकाउने भएकाले म सहभागी भएको छु । ’
    मुनलाइट स्कूलका सञ्चालक त्रिलोकी प्रसाद तेलीले यो तालिम लिनुअघि बोल्न अघि अफठ्यारो लागे पनि अहिले माइक अगाडि निर्धक्कसँग बोल्ने सक्ने भएको बताए ।

    images
    images
    images

    नेतृत्व क्षमताको  विकास गर्ने उद्देश्यले प्रत्येक हप्ताको शनिबार आयोजना हुने लिडरसीप स्किल्स डेभलपमेन्ट तालिमको  ७२ औं श्रृंखला सम्पन्न भएको कार्यक्रमका  सभापति  बुद्ध सामुदायिक सेवा केन्द्रका अध्यक्ष श्रीचन्द जयसवालले जानकारी दिए ।

    तालिममा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध व्यक्तिहरु सहभागी हुँदै आएका छन् । माइक अगाडी उभिएर बोल्दा डराउने र बोल्न खोजेका कुरा भुल्ने व्यक्तिहरुका निम्ति यो तालिम उपयोगी हुने सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका सचिव मंगल भण्डारीले बताए । उनले भने, ‘यो तालिमले सहभागीहरु उत्साहित भएका छन् ।’
    यसअघि तालिम सिद्धार्थ उद्योग वाणिज्य संघको सभाकक्षमा सञ्ंचालन भएको थियो ।│ उक्त तालिम अहिले भैरहवास्थित होटेल पवन इन्टरनेशनलमा सञ्चालन हुँदै आएको छ ।

    सहभागीको स्वेच्छिक सहयोग शुल्कबाट तालिम सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ । तालिमलाई नमस्ते सोयाबीन तेल ब्राण्डले प्रोत्साहनसमेत गरेको  कार्यक्रमका सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य  विरेन्द्र ज्ञवालीले  जानकारी दिए ।

    जेठ २७ गते शनिवार सञ्चालित तालिममा बौलद्यै प्रमुख अतिथि उद्योग व्यवसायी संघ, रुपन्देहीका सह–कोषाध्यक्ष मदन पौडेलले तालिमले भैरहवा र भैरहवा आसपासका व्यक्तिहरुलाई  सुनौलो अवसर प्रदान गरेकोले यसको आकर्षण बढ्दै गएको बताए । उनले यो तालिमका माध्यमले प्रशिक्षार्थीहरुको हरेक क्षेत्रमा नेतृत्त्व लिन आत्मबल बढेको बताए ।

    विगत २ वर्षदेखि तालिममा नियमित सहभागी व्यवसायी गौरव श्रेष्ठले तालिमको महत्वबारे बताउदै यो तालिमले व्यक्तिको बहुआयामायिक व्यक्तित्व विकासमा सहयोग गरेको बताए । सिद्धार्थ सञ्चाल, रुपन्देहीका कार्यसमिति सदस्य हरिश सेठियाले मुख्य प्रशिक्षक विजय पाण्डेको तालिमबाट बोल्न मात्र होइन ध्यान साधनाको माध्यमबाट जीवन जिउने कला पनि सिक्न सकिने बताए । 

    तालिमको सहजीकरण प्रशिक्षक विजय पाण्डेले नियमित गर्दै आइरहेका छन् । लुम्बिनी प्रेस क्लबका आजीवन सदस्य पाण्डे यसअघि सिद्धार्थ उद्ध्योग वाणिज्य संघका महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् । इच्छुक जोसुकै पनि कार्यक्रममा सहभागी हुन सक्ने पाण्डेले बताए । उनले भने, ‘यस्ता तालिममा शुल्क तिर्न नसक्ने कोही पनि  सुविधाबाट वञ्चित हुन नपरोस् । ’

    WhatsApp Image 2023-06-10 at 08.59.11 (1).jpeg

    ७२ औं सप्ताहको कार्यक्रम सञ्चालन नागरिक अगुवा सलुजा रामदामले गरेकी थिइन् । पर्यटन व्यवसायी संजीव जोशीको स्वागतमा सम्पन्न कार्यक्रममा २४ जनाको सहभागीता रहेको थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij