images
images

बुधवार, जेठ २ गते २०८१

प्याब्सन मायादेवीको आयोजनामा शिक्षकहरुका लागि एकदिने कार्यशाला

प्याब्सन मायादेवीको आयोजनामा शिक्षकहरुका लागि एकदिने कार्यशाला

images
images
images
शनिवार, जेठ २७ २०८०
शनिवार, जेठ २७ २०८०
  • प्याब्सन मायादेवीको आयोजनामा शिक्षकहरुका  लागि एकदिने कार्यशाला

    भैरहवा, २७ जेठ ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) मायादेवी गाउँपालिका, रुपन्देहीको आयोजनामा किण्डरगार्टेन (बाल सदन) शिक्षकहरुका लागि एकदिने कार्यशाला शनिबार भैरहवामा सम्पन्न भएको छ । संगम बुक्स पब्लिकेशनको सहयोगमा भएको कार्यशालामा १५ वटा विद्यालयबाट ६० जना शिक्षकहरुको सहभागीता रहेको प्याब्सन मायादेवीका सचिव प्रमोद यादवले बताए ।

    images
    images
    images

    कार्यशालाको उद्घाटन गर्दै मायादेवी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद लामिछानेले शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि कार्यशाला महत्वपूर्ण रहेको बताए । उनले शिक्षकहरु सिर्जनात्मक हुन आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘विद्यार्थीहरुलाई घोकाएर मात्र हुँदैन, परीक्षामा उच्च अंक ल्याउनु मात्र ठूलो कुरा होइन । अभिभावकहरुले अंकलाई पहिलो प्राथमिकता दिनुभएको छ । ’ प्रविधिमैत्री विद्यालय आजको आवश्यकता रहेको उनको भनाइ छ । शिक्षकले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गर्नुपर्ने लामिछानेले बताए ।

    प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले विद्यार्थीहरुलाई खुसीका साथ कक्षाकोठामा बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले कार्यशालामा सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने बताए । उनले भने,‘ गतिविधि आधारित सिकाइ आवश्यक छ । विद्यार्थीहरुलाई खुसी पार्न सकिए मात्र कक्षाकोठामा भएका शैक्षिक गतिविधिमा उनीहरुको चासो हुन्छ । ’ 

    प्याब्सन मायादेवी गाउँपालिकाका अध्यक्ष लक्ष्मी प्रसाद भुसालको अध्यक्षता, मायादेवी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक राजेश यादवको स्वागत तथा प्याब्सन मायादेवीका सचिव प्रमोद यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
    कार्यक्रमको सहजीकरण प्रशिक्षकद्वय अन्जु थापा र मधु अर्यालले गर्नुभएको प्याब्सन मायादेवीका सदस्य रामसमुझ गुप्ताले जानकारी दिए ।

    IMG_8953.JPG
    IMG_8948.JPG

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij