images
images

बुधवार, जेठ २ गते २०८१

चालकले नै लागूऔषध सेवन गरेको पाइएपछि रुपन्देही ट्राफिकद्वारा लापसे परीक्षण

चालकले नै लागूऔषध सेवन गरेको पाइएपछि रुपन्देही ट्राफिकद्वारा लापसे परीक्षण

images
images
images
शनिवार, जेठ २७ २०८०
शनिवार, जेठ २७ २०८०
  • चालकले नै लागूऔषध सेवन गरेको पाइएपछि रुपन्देही ट्राफिकद्वारा लापसे परीक्षण

    भैरहवा, २७ जेठ । 
    चालकले नै लागूऔषध सेवन गरेको भन्ने जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सडकमै लागूऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरू गरेको छ । सीमावर्ती क्षेत्रमा खुला रुपमा पाइने लागूऔषधको सेवन गरी सवारी चलाउँदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियानअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बेलहिया र लागूऔषध नियन्त्रण व्यूरोको सहकार्यमा चालकहरुले लागूऔषध सेवन (लापसे) गरे/नगरेको परीक्षण गरिएको हो । 

    images
    images
    images

    पश्चिमाञचल ट्रक यातायात व्यवसायी समितिको सहयोगमा प्राप्त भएको रेपिड मल्टी ड्रग टेष्टडिपकार्ड (किट) मार्फत चालकले विभिन्न ६ प्रकारको लागूऔषध सेवन गरे नगरेको परीक्षण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक साकार राज पन्तले बताए । ’प्रहरी सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नै सीमावर्ती क्षेत्र बेलहियाबाट छुट्ने गाडीहरुको चालकको परीक्षण गरेका छौ, आकस्मिक रुपमा बेला बेलामा विभिन्न ठाउँमा यो परीक्षण गर्ने गरेका छौं,’ उनले भने । उनकाअनुसार जनगुनासो बढेपछि डण्डा खोला नजिकै संयुक्त टीमले परिक्षण गरेको हो । बेलहियातर्फबाट आउने अधिकांश चालकहरुको परीक्षण गरेका छौ, केही शंकास्पद देखिएपछि किट मार्फत परिक्षण गरिएको उनले बताए । परीक्षण गरिएको ११ जनामध्ये ३ जनाले लागूऔषध सेवन गरेको पाइएको ट्राफिक प्रमुख पन्तले जानकारी दिए । 

    ‘विशेष चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारीसाधन चलाउने उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारवाहीका प्रहरीलाई बुझाएका छौ, अनुसन्धान गरी प्रयोगकर्ता हो कि ओसारपसार वा अन्यमा संलग्न छ भन्ने खुलेपछि सोहीअनुसार कारवाही हुनेछ, ’उनले भने । 

    ट्राफिक प्रहरीले अहिले परीक्षण गर्ने किटले ६ प्रकारको लागूऔषध प्रयोग गरेको हो वा होइन भन्ने पुष्टि गर्छ । गाजा, कोकिन, ब्राउन सुगर, डाइजेपाम, एम्फेटामाइन र बार्विटुरेट्स समूहको लागु औषध प्रयोग गरेको छ भनी किटमार्फत अन द स्पट चेक हुनेछ । किट केही खर्चिलो भएकोले यो अभियानलाई निरन्तर गर्न नसके पनि बेलाबेलामा भएको सीमित किटमार्फत छड्के परीक्षण गर्ने गरेको कार्यालयले जानकारी दिएको छ । 

    मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारवाही गर्दै आए पनि पछिल्लो समय लागूऔषध सेवन गरेर सवारीसाधन चलाउने चालक भेटिन थालेपछि लागूऔषध जाँच अभियानलाई कार्यालयले तीव्रता दिइएको छ । एक साताअघि पनि रुपन्देहीबाट चेकजाँचकै क्रममा ३ जना चालकले लागूऔषध सेवन गरी सवारीसाधन चलाएको पाएपछि कारवाही गरेको थियो । कारवाहीमा पर्ने डरले सीमा क्षेत्रबाट चल्ने सवारीसाधनका चालकहरु सचेत हुँदै गए पनि पूर्ण रुपमा रोक्न सकिएको छैन । न्यूज कारखाना

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij