images
images

बिहिवार, जेठ ३ गते २०८१

रोटरी क्लब बुटवलले गर्‍यो ट्रष्टको उद्घाटन

रोटरी क्लब बुटवलले गर्‍यो ट्रष्टको उद्घाटन

images
images
images
शनिवार, जेठ २७ २०८०
शनिवार, जेठ २७ २०८०
  • रोटरी क्लब बुटवलले गर्‍यो ट्रष्टको उद्घाटन

    बुटवल, २७ जेठ ।
    रोटरी क्लब अफ बुटवलले आफ्नो सामाजिक भवनमा निर्माण गरेको ट्रष्टको शनिबार उद्घाटन गरिएको छ । क्लबको १४ सय ६५ औं बैठकको अवसर पारेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ट्रष्टको उदघाटन गरेका हुन् । बुटवल उपमहानगरपालिकाको ७ लाख रुपैयाँ बजेट सहयोगमा क्लबले ट्रष्ट निर्माण गरेको हो ।

    images
    images
    images

    त्यसअवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले रोटरीको पहिचान सरसफाई र हरियालीबाट हुनुपर्नेमा जोड दिए । उनले बुटवल उपमहानगरपालिकाले सरसफाई र हरियाली प्रवद्र्धनलाई प्रमुखताका साथ अगाडि बढाउन खोजेको र यसका लागि रोटरी जस्ता सबै सामाजिक संघ–संस्थाहरुले आ–आफ्नो क्षेत्रबाट अगुवाइ गर्नुपर्नेमा जोड दिए ।

    नगरप्रमुख पाण्डेयले बुटवलले अर्को वर्ष सडक सौन्दर्यीकरणको कार्यक्रमलाई अघि बढाउने जानकारी दिंदै निर्माणाधीन सडक निर्माणको काम सकिएपछि बुटवललाई सरसफाई र हरियाली प्रवद्र्धनमा नमूना बनाइने बताए । उज्यालो बुटवलप्रति आगामी बजेट लक्षित हुने जानकारी दिंदै उनले राजमार्गमा ८ वटा ट्राफिक लाईट राख्ने योजना सुनाए । उनले बुटवलको जितगढीमा नेपाली सेनाको समेत स्वीकृतीमा ग्रेटर नेपालको नक्सा राखिएको जानकारी पनि दिए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष विष्णुप्रसाद ढकालले आफ्नो वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको जानकारी दिदै उक्त स्वास्थ्य केन्द्रमा ल्याब सञ्चालनका लागि सहकार्य गर्न रोटरी क्लब अफ बुटवलसँग प्रस्ताव गरे । 
    क्लबका अध्यक्ष बोनिन पियाले क्लवले शिक्षा, स्वास्थ्य, सरसफाई, हरियाली प्रवद्र्धनलगायतका कार्यक्रममा विगतदेखि नै जोड दिंदै आएको र ठाउँठाउँमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको भन्दै बुटवल उपमहानगरसँग समन्वय र सहकार्य गरी अघि बढ्न क्लब तयार रहेको बताए ।

    कार्यक्रममा रोटरीयनहरु यदुनाथ पाण्डे, वसन्त थापा, छवि पोखरेललगायतले आ–आफ्नो धारणा राखेका थिए भने क्लबका कार्यवाहक सचिव जिवकान्त काफ्लेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij