२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

लायन्स सिद्धार्थनगर लेडी युथले गर्‍यो विन्ध्यावासिनी आधारभूत विद्यालयमा विभिन्न कार्यक्रम 

शनिवार , जेठ २७, २०८०

भैरहवा, २७ जेठ ।
सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ गोनहियास्थित श्री विन्ध्यावासिनी मिशुजु आधारभूत विद्यालयमा विभिन्न कार्यक्रम गरेको छ । विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर प्रयासरत क्लबले शुक्रबार पनि विभिन्न कार्यक्रम गरेको छ । 

सोही क्रममा क्लबले शुक्रबार बाल विकास कक्षा सुधार, पिङ तथा शौचालय व्यवस्थापनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम गरेको कार्यक्रम संयोजक नीपा क्षेत्रीले बताइन् । त्यस्तै स्टुडेण्टस् एजुकेशन स्पोन्सरसीप प्रोग्राम अन्तर्गत क्लबले पाँजना विद्यार्थीहरुलाई झोला, पोशाकलगायत सामग्री उपलब्ध गराइएको जनाएको छ । क्लबकी निवर्तमान अध्यक्ष तनु शर्मा कसौधनले पाँचजना विद्यार्थीहरुको पठनपाठनको सम्पूर्ण खर्च व्यहोर्ने जिम्मेवारी लिएकी छन् । जसमध्ये एक जना उक्त विद्यालयबाट उत्र्तीण गरी हाल रुपन्देही लीलाराम न्यौपाने माविमा कक्षा ९ मा अध्ययनरत छन् । क्लबले विद्यालयमा यस अघि पुस्तकालयसमेत स्थापना गरिसकेको जनाएको छ ।

उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले उदाहरणीय कार्य गरेको बताए । उनले भने, ‘तपाईहरुले राम्रो काम गर्नुभएको छ, मलाई गर्वको अनुभुति भएको छ । हामी लायन्स परिवार हौं ।’ गभर्नर न्यौपानेले सानोसानो प्रयासले परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण सिद्धार्थनगर लेडी युथले प्रस्तुत गरेको बताए । उनले क्लबकी निवर्तमान अध्यक्ष तनु शर्मा कसौधनले आफ्नो कार्यकालमा श्री विन्ध्यावासिनी मिशुजु आधारभूत विद्यालयमा विभिन्न कार्यक्रम गर्नुभएको र अहिले निवर्तमान अध्यक्ष हुँदासमेत आफ्नो सक्रियतालाई निरन्तरता दिनुभएको बताए ।

त्यस्तै लायन्स डिष्ट्रिक एडभाइजर रुपमा हिराचनले लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले गरेको कार्यक्रमबाट धेरै खुसी लागेको बताइन् । उनले भनिन्, ‘केही हुन नसकेको ठाउँमा कार्यक्रम गर्न सके राम्रो उपलब्धी हुन सक्छ भन्ने कुरा लायन्स सिद्धार्थनगर लेडी युथले प्रमाणित गरेको छ । ’

रिजन चेयरपर्सन अभिनव मयूर कसौधनले लायन्स सिद्धार्थनगर लेडी युथले गोनहियालाई केन्द्रीत गरेर विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । उनले १० ठाउँमा विभिन्न कार्यक्रम गर्नुभन्दा एक ठाउँमा केन्द्रीत गरेर धेरै कार्यक्रम गर्दा राम्रो परिणाम आउने बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथकी निवर्तमान अध्यक्ष तनु शर्मा कसौधनले आगामी वर्ष कक्षाकोठामा नयाँ प्रोजेक्टर राखिने बताइन् ।

लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष सुनिल सेन्चुरीले क्लबले विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको बताए । उनले भने, ‘विद्यालयलाई सहयोग गर्न लायन्स सिद्धार्थनगर प्रोग्रेसिभ पछाडी हट्दैन ।’

विद्यालयका प्रधानाध्यापक चर्तुभुज रेग्मीले लायन्स सिद्धार्थनगर लेडी युथले विद्यालयलाई निरन्तर सहयोग गरिरहेको बताए । उनले क्लबकी निवर्तमान अध्यक्ष तनु शर्मा कसौधनलाई विद्यालय व्यवस्थापन समिति सदस्यमा मनोनित गरिएको बताए ।

353037986_830834018584515_4266983061341797372_n.jpg

लायन्स सिद्धार्थनगर लेडी युथकी अध्यक्ष साबा खानको अध्यक्षता, कार्यक्रम संयोजक नीपा क्षेत्रीको स्वागत, मनिषा कसौधनको ध्वजा अभिवादन तथा सचिव तृप्ती वर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामवृक्ष यादव, लायन्स अगुवा दुर्गा शर्मा आचार्य, प्रकृति उप्रेतीलगायतको आतिथ्यता रहेको थियो ।

लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले ‘माई लायन भिलेज–गोनहिया’ अभियान सञ्चालन गर्दै आएको छ ।

352759282_830830935251490_5641449813370064733_n.jpg
352732723_830831338584783_4669556361927399980_n.jpg
352325123_830832411918009_1798013013574946686_n.jpg