२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा ईप्रका बेलहियालाई ‘ट्राफिक कोण’ हस्तान्तरण

शुक्रवार , जेठ २६, २०८०


भैरहवा, २६ जेठ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले ईलाका प्रहरी कार्यालय बेलहियालाई ‘ट्राफिक कोण’ हस्तान्तरण गरेको छ । शुक्रबार संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले ईप्रका बेलहियाका प्रमुख प्रहरी निरीक्षक अनिल थापालाई १५ थान ट्राफिक कोण, डोरी तथा जर्सी हस्तान्तरण गरेका हुन् ।

सडक व्यवस्थापन सहज बनाउन तथा चेकजाँचलाई प्रभावकारी बनाउन केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्य सामग्री हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

त्यसअवसरमा ईप्रका बेलहिया प्रमुख थापाले सडक व्यवस्थापनका लागि ट्राफिक कोण सहयोग गर्ने सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीलाई धन्यवाद दिए ।

कार्यक्रममा संघका महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष कमल प्रसाद मरासिनी, कार्यकारी उपसचिव खगेन्द्र शर्मा, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो ।

IMG_8938.JPG