२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

सरकारले लगायो असार १ देखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध

बिहिवार , जेठ २५, २०८०

काठमाडौं, २५ जेठ । 
वर्षायामको समयमा सडक खनेमा कारवाही गरिने भएको छ । सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै जबर्जस्ती गरेमा कारवाही गर्ने जनाएको हो । जारी सूचनाअनुसार आगामी असर १ देखि भदौ मसान्तसम्म सडकमा खन्न पाइने छैन ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने,’ जारी सूचनामा भनिएको छ, ‘कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारवाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’