
सोमवार , जेठ २२, २०८०
भैरहवा, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति, रुपन्देहीले वृक्षारोपण कार्यक्रम गरेको छ । ‘रुख रोपौं, पर्यावरणलाई जोगाऊँ’ भन्ने नाराकासाथ सोमबार बुटवल उपहानगरपालिका–७ स्थित वि.पी. वाटिकामा वृक्षारोपण गरिएको नेविसंघ रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेले बताए । कार्यक्रममा ६० वटा विरुवा रोपिएको पाण्डेले जानकारी दिए ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका पूर्व सभापति तथा पूर्व नगर उपप्रमुख राम प्रसाद खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन नेविसंघ रुपन्देही जिल्ला सचिव मनोज बेलबासेले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij