
मंगलवार , पौष २८, २०७७
भैरहवा, २८ पुस ।
फिल्म हल तथा नाटकघर खुल्ला गर्न सरकारले अनुमति दिएको छ । सरकारले १० महिनादेखि बन्द रहेका फिल्म हललाई खुलाउने निर्णय गरेको हो । कोभिड–१९ महामारीको व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड अपनाएर हल खोल्न अनुमति दिएको हो ।
फिल्म हल लामो समयदेखि लकडाउनका कारण करौडौं रुपैयाँ घाटा व्यहोर्दै आएको नेपाल चलचित्र संघ पश्चिमाञ्चल समितिका अध्यक्ष ओम जैसीले बताए । सबै स्वास्थ्यको मापदण्ड अपनाएर हल खुलाउन दिने सरकारको निर्णय गरेको हो । फिल्म हल खुले पनि माघ १ देखि चलचित्र प्रदर्शन गरिने जैसीले बताए ।
फिल्म हलसंगै नाटकघर लगायतलाई पनि खुल्ला गर्न सरकारले अनुमति दिएको छ । नाटकघर भने आगामी माघ १ गतेदेखिबाट मात्र खुल्ने भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij